Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

महामारीमा विदेशी उडेः गाइड महिनासम्म थन्किए

हाम्रो कोशी आवाज
भाद्र २७ २०७७, शनिबार
महामारीमा विदेशी उडेः गाइड महिनासम्म थन्किए

घटना विसं २०७६ चैत ११ पछिको हो, जतिखेर नोवेल कोरोनाभाइरसको महामारीको संक्रमणबाट बच्न, बचाउन विश्वका विभिन्न देशहरूले अपनाएको विभिन्न विधिहरू अपनाएका थिए । जस्तै ‘लकडाउन’, निषेधाज्ञा … आदि । नेपालले भने, ‘लकडाउन’ को नीति लियो । स्मरणीय छ, चैत ११ मा १ हप्ताका लागि गरेको ‘लकडाउन’ घोषणा गरेको सरकारले झन्डै चार महिनासम्म जारी राख्यो । त्यो बेला ताप्लेजुुङ जिल्लाको कञ्चनजंघा क्षेत्र, मकालु, लुक्ला, नाम्चे, गौरीशंकर, हेलम्बु, गोसाईँकुण्ड, लाङटाङ, गणेश हिमाल, गोरखाको चुम भ्याली, मनास्लु, मनाङ जिल्लाको नारफु, थोराङपास, माथिल्लो मुस्ताङ, मुक्तिनाथ, जोमसोम, धौलागिरी, माथिल्लो डोल्पा, हुम्ला, सिमकोट, लिमी, दार्चुला आदि पर्यटकीय क्षेत्रमा केही न केही विदेशी पर्यटकहरू बाँकी रहेका थिए ।
उनीहरूका साथमा नेपाली गाइडका साथै भरियाहरू पनि रहेका थिए । त्यसअघि नै ‘नोवेल कोरानाभाइरस २०१९’ (कोभिड १९) भाइरसको महामारीले विश्वलाई त्राहीमाम बनाइसकेको अवस्था थियो । नेपालमा पनि नोबेल कोराना २०१९’ (कोभिड १९) भाइरसको महामारीले केही न असर पारिसकेको अवस्था थियो । त्यसैबेला नेपाल सरकारले आफ्नो देश र जनताहरूलाई (कोभिड १९) भाइरसको महामारीको संक्रमणबाट बचाउन विश्वका विभिन्न देशले अपनाएको विभिन्न विधि वा भनौं नीतिमध्ये ‘लकडाउन’ लाई अपनाउने घोषणा गरयो । स्मरणीय छ, चैत ११ मा १ हप्ताका लागि भनी ‘लकडाउन’ शुरु गरेको सकारले चैत १७ र चैत २४ गरी दोस्रोपटक ‘लकडाउन’ थप्दै विसं २०७७ वैशाख ३ हँुदै ‘लकडाउन’ जेठको अन्तिमसम्म पुरयाएको थियो । सरकारले गरेको सो ‘लकडाउन’लाई मानवीय सुरक्षाको हिसाबले हेर्दा उत्कृष्ट विकल्प त्यही थियो ।
नेपाल सरकारले अकस्मात्रूपमा गरेको ‘लकडाउन’ अपनाउने घोषणाले नेपालको विभिन्न क्षेत्रमा रहेका जस्तैः ताप्लेजुुङ जिल्लाको कञ्चनजंघा क्षेत्र, संखुवासभा जिल्लाको मकालु बरुण क्षेत्र, लुक्ला, नाम्चे, सगरमाथा बेस क्याम्प, गौरीशंकर, हेलम्बु, गोसाईँकुण्ड, लाङटाङ, गणेश हिमाल, गोरखा जिल्लाको चुम भ्याली, मनास्लु, मनाङ जिल्लाको नारफु, थोराङपास, माथिल्लो मुस्ताङ, मुक्तिनाथ, जोमसोम, धौलागिरी, माथिल्लो डोल्पा, हुम्ला, सिमकोट, लिमी, दार्चुला आदि पर्यटकीय क्षेत्रमा केही न केही विदेशी पर्यटकहरु बाँकी रहेका थिए । उनीहरुका साथमा नेपाली गाइड वा भरियाहरु पनि रहेका थिए । ती क्षेत्रमा केही न केही भए पनि बाँकी रहेका विदेशी पर्यटकहरु र उनीहरुको साथमा नेपाली गाइड वा भरियाहरु तत्कालका लागि के कसो गर्ने ? दोधारमा परे । यसै मेसोमा विभिन्न देशका नेपालस्थित राजदूतावासहरुले आप्mनो देशबाट नेपाल घुम्न आएका नागरिकहरु कहाँ, कुन अवस्थामा छन् ? सोधखोज सुरु गरयो । साथै स्वदेश फर्कन चाहनेहरुलाई उद्वारको व्यवस्था पनि गर्यो । फतलः लगभग २४ हजार विदेशीहरुलाई नेपालको विभिन्न क्षेत्रबाट उद्वार गरी उनीहरुको देश फिर्ता गरिएको थियो ।
तर, यहाँ बीचैमा नेपाली गाइडहरुको केही कथाव्यथा पनि भन्नुपर्ने आयो है कमरेडहरु । किनभने, सरकारले त्यो वेला अकस्मात रुपमा गरेको ‘लकडाउन’ अपनाउने घोषणाले नेपालको विभिन्न क्षेत्रमा रहेका जस्तै ताप्लेजुुङ जिल्लाको कञ्चनजंघा क्षेत्र, संखुवासभा जिल्लाको मकालु बरुण क्षेत्र, लुक्ला, नाम्चे, सगरमाथा बेस क्याम्प, गौरीशंकर, हेलम्बु, गोसाईँकुण्ड, लाङटाङ, गणेश हिमाल, गोरखा जिल्लाको चुम भ्याली, मनास्लु, मनाङ जिल्लाको नारफु, थोराङपास, माथिल्लो मुस्ताङ, मुक्तिनाथ, जोमसोम, धौलागिरी, माथिल्लो डोल्पा, हुम्ला, सिमकोट, लिमी, दार्चुला आदि पर्यटकीय क्षेत्रमा केही न केही विदेशी पर्यटकहरु बाँकी रहेका थिए ।
उनीहरुका साथमा नेपाली गाइड वा भरियाहरु पनि रहेका थिए । ती नेपाली गाइड वा भरियाहरुलाई तत्कालका लागि केकसो गर्ने ? सरकारले उनीहरुका लागि कुनै नीति लिएन । त्यसैले त्यो वेला विदेशी पर्यटकहरुलाई तत्कालै उद्धार गरियो । तर नेपाली गाइड र भरियाहरुको उद्धार भने तत्काल भएन, गरिएन । त्यसो त पर्यटकीय सिजनमा सँधै विदेशी पर्यटकहरुको भीडभाड हुने पोखरा, लुक्ला, जोमसोम लगायत ठाउँमा त नेपालीहरुले हवाई टिकट पाउनु नै पनि साह्रै कठीन हुने गर्छ । त्यसैले ती पर्यटकीय स्थलबाट उडेर फर्कन चाहने नेपाली यात्रुहरुले कम्तिमा ४ दिनदेखि हप्ता १० दिन पर्खनु त सामान्य नै हो । तापनि यसपटक लुक्ला, जोमसोम लगायत ठाउँबाट प्रायः सबै विदेशी पर्यटकहरुको तत्काल उद्वार हुँदा नेपाली गाइडहरुको भने तत्कालै उद्धार भएन । २२ दिनदेखि झण्डै एक महिनासम्म उनीहरुले एकै ठाऊँमा बस्न पर्यो । यसमा सम्बन्धित टेकिङ एजेन्सीहरु र नेपाल सरकारको ठूलो कमजोरी रहेको देखिन्छ । कारणवस आपतमा परेका आफ्ना देशका नागरिकलाई सरकारले कर्तव्य सम्झेर तत्कालै उद्धार गर्नु पथ्र्यो । तर, …
हुन त हाम्रो देश नेपाल लगायत धेरै अल्प विकशित वा भनौं विकाशशील देशतर्पm लम्कँदै गरेको भनिने देशहरुका लागि ‘मानव पुँजी वा भनौं मानव स्रोत’ भनेको के हो ? र, मानव पुँजी वा भनौं मानव स्रोत’को महत्व देशका लागि कति आवश्यक र महत्वपूर्ण छ ? यसको महत्व र गाम्भीर्यता बुझ्ने सरकार, नीति निर्माण गर्ने तहमा बसेका कर्मचारी र देशका विद्धान वा विषय विज्ञ भनिनेहरुले नबुझ्दा वा प्रष्ट नहुँदासम्म यस्ता समस्याहरु एकपटक मात्रै आउने होइन कि, पटकपटक दोहोरिने छ ।
अझ त्यसमा पनि औपचारिक रुपमा कति पढेको ? भन्ने भन्दा पनि विदेशीलाई गाइड गर्नेहरुले आफ्नो मातृभाषा र राष्टभाषा बाहेक कम्तिमा १ वा २ देखि माथि ३, ४ वटा अन्य (विदेशी भाषा) भाषा जानेको हुन्छ । उनीहरुले आफ्नो देशमा घुम्न आएका विदेशी पर्यटकहरुलाई आफ्नो देश, आफ्नो देशको इतिहास, आप्mनो देशको ऐतिहासिक पृष्ठभूमि, विभिन्नि कालखण्डका शासक वा तिनका वंशहरु, वर्तमान राजनीतिक व्यवस्था, यहाँका जातजाति, यहाँका सम्पदा, भाषाभाषी, धर्म, संस्कार, संस्कृति, चाडबाड, उत्सव, महोत्सव, रीतिथिति, भूगोल, हिमाल, हिम ताल, हिम नदी, वातावरण, वन्यजन्तु, चराचुरुङ्गी आदिका बारेमा तथ्यपरक, सही र वास्तविक सूचना दिएर आफ्नो देशको नाम ऊँचो राख्ने गर्छन् ।
हुन त यस मामलामा केही टेकिङ गाइड र टुर गाइड साथीहरु चुक्ने गरेका पनि देखिन्छ । किनभने, यो पंक्तिकार स्वयम् पनि नाथहमले आयोजना गर्ने टेकिङ गाइड टेनिङ गरेको (टेकिङ गाइड लाइसेन्स नम्बर ४२४२ ‘ग्रेड ए’ होल्डर हो ।) मान्छे हो । यसरी हेर्दा आफ्नो देशमा घुम्न आएका विदेशीहरुलाई सही जानकारी दिने प्रथम व्यक्ति नै गाइडहरु हुन्छन् । त्यसैले विश्वका सबै देशका सरकारले गाइडहरुलाई आफ्नो देशको ‘अवैतनिक राजूदत’का रुपमा मान्यता दिएको हुन्छ । तर, हाम्रो देश नेपालमा … ।
महत्वपूर्ण कुरो के भने, गाइड उत्पादनमा हालसम्म राज्यको एक पैसा पनि लगानी परेको छैन । उल्टै (टेकिङ र टुर दुवै तालिममा) तालिम गर्दा ताका राजश्वतिरेको हुन्छ भने, गाइड गर्न जाँदै पिच्छे उसले आफ्नो तलबबाट निश्चित प्रतिशत राज्यलाई आय कर तिर्छ । यसरी राज्यको एक पैसा बिना उल्टै राज्यलाई फाइदा गराउने टेकिङ गाइड साथीहरुले यसपटक लुक्ला लगायत पर्यटकीय स्थलमा २२ दिनदेखि झण्डै एक महिनासम्म रोकिएर जुन नियति भोगे, त्यसले हामी नेपाली टेकिङ गाइडहरु ‘भिल्लको देशमा मणि’ भने भैmँ भए । तै ढीलै भए पनि पछि सरकारले उद्धार गर्यो । धन्यवाद पन दिइहालौं ।
मानव पुँजी वा भनौं मानव स्रोतको महत्व देशका लागि कति आवश्यक र महत्वपूर्ण छ ? यसको महत्व र गाम्भीर्यता बुझ्ने सरकार, नीति निर्माण गर्ने तहमा बसेका कर्मचारी र देशका विद्धान वा विषय विज्ञ भनिनेहरुले नबुझ्दा वा प्रस्ट नहुँदासम्म र नचेतेसम्म यस्ता समस्याहरु एकपटक मात्रै आउने होइन कि, पटकपटक दोहोरिने छन् । फेरि पनि नेपाली गाइडहरु ‘भिल्लको देशमा मणि’ हुनेछन् ।
अन्तमा नेपाल सरकारका वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई ज्यूले नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा खासगरी अति विकट क्षेत्रहरुमा जस्तै कञ्चनजंघा, मकालु, खुम्बु क्षेत्र, गौरीशंकर, टाशी लाप्चा, गान्जाला पास, गोसाईकुन्ड र लाङटाङ चुम भ्याली र मनास्लु नार, फु र थोराङ पास, माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, यारी, अपी, नाम्पा लगायत क्षेत्रमा केही गरी आकस्मिक रुपमा हिम पहिरो, हिम आँधी, ठूलो हिमपात लगायतका आपत विपत आई लागेमा त्यहाँको वस्तुस्थिति बारे तुरुन्तै सूचना दिने व्यवस्था गर्नु पर्यो । कतिपय विकसित देशमा जस्तो केही गरी आपत विपत आई लागेमा पर्यटकको उद्धारका लागि बढीमा ९ मिनेटदेखि बढीमा १२ मिनेटमा रेस्क्यु गर्ने हेलिकप्टरहरुको व्यवस्था गरेको हुन्छ । हामीले त्यसो गर्न नसके तापनि कम्तिमा २५, ३०, ३५,४० मिनेटसम्ममा रेस्क्यु गर्ने हेलीकप्टरको व्यवस्था गर्नेतर्पm पहल गरेदेखि धेरै राम्रो हुन्थ्यो ।
नोटःथप केही जान्न चाहेमाः ९८४९९८५९९७, ९८६२४३६०४९
ninamkirat123@gmail.com

प्रकाशित मिति: भाद्र २७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ९ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend