Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगरमा कोरोना संक्रमित पुरुषको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र २७ २०७७, शनिबार
विराटनगरमा कोरोना संक्रमित पुरुषको मृत्यु

धरानः विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।
केन्द्रका अनुसार विराटनगर–८ का स्थानीय ६९ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजे मृत्यु भएको हो । ती पुरुषमा यसअघि मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो ।
भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पताका डा. दीपक सिग्देलले वृद्धको मृत्यु भएसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १७ पुगेको जानकारी दिए ।

प्रकाशित मिति: भाद्र २७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend