Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा अर्का मोरङका संक्रमितको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र २९ २०७७, सोमबार
धरानमा अर्का मोरङका संक्रमितको मृत्यु

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मोरङका कोरोना भाइरस संक्रमित पुरुषको धरानमा आइतबार राति मृत्यु भएको हो । मोरङको धनपालथान गाउँपालिका–६ का ४० वर्षीय पुरुषको उपचारका क्रममा राति ८ः४५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । उपचारका लागि प्रतिष्ठान लगिएका मृतकमा भदौ २६ गते संक्रमण पुष्टि भएको थियो ।
अर्थो अवजरवेसन वार्डमा राखेर उपचार गराइरहेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानकै कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकमा कुनै पनि दीर्घ रोग रहेको नपाइएको प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाले बताए ।
मृतकको शव व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको प्रवक्ता डा.सापकोटाले जानकारी दिए । यसअघि हिजो नै दिउँसो २ बजेर १८ मिनेटमा विराटनगर १२ का ७० वर्षीय पुरुषको पनि वीपीको कोभिड अस्पतालमा मृत्यु भएको थियो ।

प्रकाशित मिति: भाद्र २९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend