Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आज राष्ट्रिय बाल दिवस

हाम्रो कोशी आवाज
भाद्र २९ २०७७, सोमबार
आज राष्ट्रिय बाल दिवस

धरानः हरेक भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रुपमा मनाइँदै आएको छ ।
यसैबीच धरान उपमहानगरपालिका बाल सञ्जालले उपमहानगरस्तरीय एकल नृत्य प्रतियोगिता आयोजना गरेको छ । आज प्रतियोगिताको नतिजा सार्वजनिक हुँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज र अभिभावक संवेदनशील हुनुपर्ने बताएकी छिन् ।
राष्ट्रिय बाल दिवस २०७७ का अवसरमा सन्देश दिँदै राष्ट्रपति भण्डारीले बालअधिकार सुनिश्चित गर्न राष्ट्रिय कानुन तथा विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता तथा प्रतिबद्धतामा रहेका प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नु राज्यको अहम् दायित्व भएको जनाइन् ।

‘गुणस्तरीय शिक्षा प्राप्त गर्नु बालबालिकाको नैसर्गिक अधिकार भएको सन्दर्भमा बालमैत्री शैक्षिक वातावरणको निर्माण गरी विद्यालयलाई आकर्षणको केन्द्र बनाउन तीनै तहका सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरु, सामुदायिक क्षेत्र, सञ्चारजगत् तथा नागरिक समाजबाट विभिन्न पहलहरु भइरहेका छन’, राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ,‘बालहिंसाविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ । बालसंरक्षण प्रणाली सुदृढीकरण गर्दै अनाथ तथा संरक्षणविहीन बालबालिकाको संरक्षकत्व राज्यले ग्रहण गर्ने नीतिसमेत लिएको छ ।’
उता प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको एसईईमा सहभागी हुन नपाएकोमा दुःखी नहुन विद्यार्थीहरुलाई आह्वान गरेका छन् ।
राष्ट्रिय बाल दिवसको अवसरमा प्रधानमन्त्री ओलीले आज दिएको शुभकामना सन्देशमा सो कुरा उल्लेख गरिएको छ । उनले सन्देशमा अगाडि भनेका छन्, ‘यस महामारीको सामना गरेर तपाईंहरुले जीवनको परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नु भएको छ ।’
प्रधानमन्त्रीले ओलीले कोभिड–१९को महामारी बिरुद्ध सरकारले अघि बढाएका प्रयासले यस विपद्लाई परास्त गर्दै हामी हाम्रा बालबालिकाको भविष्य सुरक्षित गर्ने छौं भनेका छन् ।

प्रकाशित मिति: भाद्र २९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend