विराटनगरः बितेको २४ घण्टामा धरानका ३२ जनासहित १३३ संक्रमित थपिएका छन् ।
धरानमा १० महिला २२ पुरुषसहित सुनसरीमा ६९ संक्रमित थपिए । सामाजिक विकास मन्त्रालयका अनुसार इटहरीमा ७ महिला १९ पुरुष, गढी र कोशी गाउँपालिकामा समान ४ पुरुष, भोक्राहानरसिंहमा २ पुरुष, बराहक्षेत्रमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।
मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना संक्रमित थपिए । विराटनगरमा ९ महिला १९ पुरुष, धनपालथानमा २ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, कटहरीमा १ महिला र सुनवर्षीमा १ पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता झापाको दमकमा १ महिला ७ पुरुष, भद्रपुरमा २ महिला ४ पुरुष, बा¥हदशीमा २ महिला ३ पुरुष, मेची नगरमा १ पुरुष, भोजपुरमा ५ पुरुष, उदयपुरमा १ महिला, धनकुटामा १ महिला र प्रदेश १ बाहिरका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार १ सय पुगेको छ । प्रदेश १ मा बुधबार ५२ जना डिस्चार्ज भएका छन् । होटल एशियाटिक आइसोलेसन विराटनगरबाट २१, मारवाडी सेवा सदन आइसोलेसन केन्द्र, विराटनगरबाट ९, बैजनाथपुर आइसोलेसन, विराटनगरबाट ७, पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पताल, गोठगाउँबाट ४, जिल्ला अस्पताल धनकुटा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट समान ५ र कालिसदन आइसोलेसन विराटनगरबाट १ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिचार्ज हुनेका संख्या २ हजार १९४ पुगेको छ ।
प्रदेश १ मा बुधबार १ हजार २७३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३६ महिला र ९७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा हालसम्म १ लाख १२ हजार ६३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।