Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बेलबारीमा दुर्घटनामा परेका दाहालको धरानमा उपचारको क्रममा मृत्यु

हाम्रो कोशी आवाज
असोज २ २०७७, शुक्रबार
बेलबारीमा दुर्घटनामा परेका दाहालको धरानमा उपचारको क्रममा मृत्यु

बेलबारीः मोरङको बेलबारीमा भएको दुर्घटनामा परेर साइकलयात्री बेलबारी नगरपालिका–१० का ५० वर्षीय शम्भु दाहालको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकलले साइकललाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत डाँगीहाटमा शुक्रबार बिहान १० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले गम्भीर घाइते दाहालको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जानकारी दिए । उनलाई बिहान ११ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेको उनले जानकारी दिए ।
प्रहरीले मोटरसाइकल चालक सुन्दरहरैंचा नगरपालिका–९ का उमेश भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ । १७ प ८५३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार दाहालको मृत्यु भएको हो ।

प्रकाशित मिति: असोज २ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend