Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-९ का पुरुष र धरान-११ की महिलामा संक्रमण

हाम्रो कोशी आवाज
असोज २ २०७७, शुक्रबार
धरान-९ का पुरुष र धरान-११ की महिलामा संक्रमण

धरानः धरानमा थप २ जनामा कोरोना पुष्टि भएको छ । योसहित धरानमा ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान–९ आचार्य लाइनका ६० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए । उनको धरान–७ मा पोजेटिभ देखिएका व्यक्तिको कन्टयाक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
यस्तै, धरान–११, दुर्गाचोककी ३४ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ । हातखुट्टा दुख्ने, जिउ दुख्ने समस्या भएकोले परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गराउँदा उनीहरूको पोजेटिभ रिपोर्ट आएको हो ।
धरानमा विदेशबाट आएका ४२ जनामा कोरोना पुष्टि भएको हो भने धरानकै समुदायमा मात्रै १३९ जनामा कोरोना पुष्टि भएको उनले जानकारी दिए । बीपीका ४९, नेपाली सेनाका ९१, महिला ८९, पुरुष २४२ जनामा कोरोना पुष्टि भइसकेको उनले जानकारी दिए । यस्तै, हाल अस्पतालमा ५४ जना र होम आइसोलेसनमा ७४ उपचाररत छन् । जसमध्ये होम आइसोलेसनबाट हालसम्म १५ जना डिस्चार्ज भइसकेका छन् भने १८२ जना अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका छन् । कोरोनाकै कारण धरानमा ७ जनाका मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: असोज २ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend