बिर्तामोडः झापाको गौरदह–९ बैगुनधुरा स्थितबाट दुईजना लागूऔषधसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गौरदह–३ का २२ वर्षीय राजेश महतो र सोही स्थानका २७ वर्षीय प्रमानन्द राजवंशी रहेका छन् । प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाइकलमा आएका दुवैजनालाई शनिबार पौने ११ बजे नियन्त्रणमा लिएको थियो ।
नियन्त्रण पश्चात उनीहरुमाथि चेकजाँच गर्दा १५८ बोतल इस्कफ लागूऔषध फेला पारी बरामद गरिएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । पक्राउ परेका दुवैजना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको उक्त कार्यालयले जनाएको छ ।