Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

छुट्टाछुटै घटनामा तीनजनाको मृत्यु

हाम्रो कोशी आवाज
असोज ६ २०७७, मंगलबार
छुट्टाछुटै घटनामा तीनजनाको मृत्यु

धरानः संखुवासभा चैनपुर–४ का ७६ वर्षीय बुद्विबहादुर लिम्बुको खोलामा डुबेर मृत्यु भएको छ ।
चैनपुर बतासेबाट घरतर्फ आउँदै गर्दा झुत्रे खोला तर्ने क्रममा डुबेर लिम्बुको मृत्यु भएको हो । घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
यसै गरी मोरङ जहदा १ बस्ने १७ वर्षीया रविना ऋषिदेवको पानीमा डुबेर मृत्यु भएको छ । जहदा मुसहरी टोल स्थितमा रहेको पानी जमेको खाडलमा परी रबिनाको डुबेर मृत्यु भएको भनी आफन्तले इलाका प्रहरी कार्यालय बुधनगरमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यस्तै, सोलुखुम्बु माप्य दुधकोशी गाँउपालिका(५ का वडा अध्यक्ष ३९ वर्षीय निमराज तामाङको करेन्ट लागेर मृत्यु भएको छ ।
आज बिहान साढे ८ बजे आफ्नै घरमा रड लिएर छतमा गएकोमा रडले अचानक बिजुलीको नाङ्गो तारमा छुँदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर बेहोस भएका वडाअध्यक्ष तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा ०९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रकाशित मिति: असोज ६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend