Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

टेलिकमको तार चोरी गर्ने चारजना समातिए

हाम्रो कोशी आवाज
असोज ६ २०७७, मंगलबार
टेलिकमको तार चोरी गर्ने चारजना समातिए

विराटनगरः नेपाल टेलीकमको तार चोरी गर्ने चारजना विराटनगर–४ स्थित जामुनगाछीबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर–६ का २१ वर्षीय विजय सहनी, १८ वर्षीय राज सहनी, २१ वर्षीय रविन सहनी र १९ वर्षीय सुमित सहनी रहेका छन् । यही असोज १ गते विराटनगर महानगरपालिकाको विभिन्न स्थानहरुबाट टेलीकमको तार चोरी भएको उजुरीसंगै खोजी कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
खोजतलासकै क्रममा आइतबार राति ०८ बजे जामुनगाछीबाट चारै जनालाई पक्राउ गरिएको हो । साथै उनिहरुले चोरी गरी लगेको नेपाल टेलीकमको १५० पेयरको २२० मिटर केवल तार समेत फेला पारी बरामद गरिएको छ । यसै गरी उनिहरुले प्रयोग गर्ने को९प ४१५८ नम्बरको यमाहा मोटरसाईकल समेत नियन्त्रणमा लिईएको छ ।
यसरी चोरिएका सामान सहित पक्राउ परेका चारै जना उपर चोरी ऐन अन्तर्गत कानुनी कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति: असोज ६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend