धरानः लायन्स क्लब अफ दन्तकाली धरानद्वारा धरानको भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा आयोजित रक्तदान कार्यक्रामा बुधबार ३५ पिन्ट रगत संकलन भएको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा २० महिला र १५ पुरुषले रक्तदान गरेका थिए । क्लबका महासचिव इन्द्रबहादुर कार्कीको जन्मदिनको अवसरमा आयोजना गरिएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी सुनसरी धरानको प्राविधिक सहयोग रहेको थियो ।
कोभिड १९ को बेला विशेष गरेर धरान बाहिरबाट आउने बिरामीका लागि हुने रगत अभावलाई सहयोग पुरयाउने उद्देश्यले आफ्नो जन्मदिनमा रक्तदान कार्यक्रमको आयोजना गरेको संयोजक एवम् क्लबका महासचिव कार्कीले जानकारी दिए । क्लबका अध्यक्ष रुक्मनी मास्केको अध्यक्षतामा भएको कार्यक्रममा लायन धिरज गुरुङ र लायन राम अवतार शर्मा विशेष अतिथी रहेका थिए ।


