सांकेतिक फोटो ।
धनकुटाः धनकुटाको चौबिसेमा करेन्ट लागेर एकको मृत्यु भएको छ ।
पोल ढलेर लत्रिएको तारबाट करेन्ट लागेर चौबिसे गाउँपालिका–३ का ५६ वर्षीय भक्तबहादुर दर्जीको मृत्यु भएको हो । जंग सामुदायिक वनमा विद्युत लाइनको पोल ढलेर लत्रिएको तारबाट करेन्ट प्रवाह हुँदा उनको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए । सल्लोको दियालो खोज्न जंगल पुगेका दर्जीले लत्रिएको तार छोएका थिए ।