Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

छतबाट झर्दा बालिकाको मृत्यु

हाम्रो कोशी आवाज
असोज ९ २०७७, शुक्रबार
छतबाट झर्दा बालिकाको मृत्यु

बिर्तामोडः झापा बिर्तामोड–५ स्थितमा रहेको एक घरको छतबाट झर्दा १३ वर्षीय कृतिका भण्डारीको मृत्यु भएको छ ।
बिहीबार राति १० बजे खाना खाइसकेपछि घरको छतमा गई तल हेर्ने क्रममा अचानक लड्दा कृतिका गम्भीर घाइते भएकी थिइन् । उनलाई तत्काल उपचारार्थ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतक कृतिका ५ दिन अगाडी काठमाण्डौबाट मावली घरमा आएकी हुन् । मावली घरकै चार तला माथिको छतबाट झरेर उनको मृत्यु भएको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: असोज ९ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend