Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

छुट्टाछुट्टै घटनामा तीनको मृत्यु

हाम्रो कोशी आवाज
असोज १० २०७७, शनिबार
छुट्टाछुट्टै घटनामा तीनको मृत्यु

धरानः सुनसरीको इनरुवा–९ बस्ने ३५ वर्षीया दुखनीदेबी खत्वेको लडेर मृत्यु भएको छ ।
खेतमा घाँस काट्ने क्रममा शनिबार दुखनीदेवी अचानक लडेर बेहोस भएकी थिइन् । बेहोस भएकी उनलाइ आफन्तले तत्काल उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यस्तै, मोरङ सुन्दर हरैचा–१२ स्थितमा बस्ने ३५ वर्षीय कुमार उरामनको लडेर मृत्यु भएको छ ।
शनिबार सोही स्थानमा रहेको न्यू पन्चकन्या सेन्टरी हार्डवेयरमा ल्याएको सिमेन्ट बोकेर स्टोरतर्फ लाने क्रममा अचानक लड्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको ।
माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तै, पाँचथर याङ्वरक–३ का ५० वर्षीय वृखध्वज लिम्बूको माइक्रोको ठक्करबाट मृत्यु भएको छ ।
शनिबार राति सवा ९ बजे झापाको बिर्तामोड–५ स्थितमा बा४ख ५१०० नम्बरको माइक्रो गाडीले पैदल यात्रा गरिरहेका लिम्बूलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने माइक्रो र चालक भद्रपुरका बाबुराम कट्टेल इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: असोज १० २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend