विराटनगरः इलाका प्रहरी कार्यालय ऐसेलुखर्क खोटाङमा कार्यरत प्रहरी जवान दिनेश कार्की भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
इलाका प्रहरी कार्यालय ऐसेलुखर्क खोटाङमा कार्यरत प्रहरी जवान दिनेश कार्कीलाई निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङकन गर्दै २०७७ साल भाद्र ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको छ ।
उनी विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लिन रही उच्च मनोवल र साहसका साथ, अवैध हातहतियारद्वारा ब्यक्ति हत्या जस्तो जघन्य अपराधको घटना घटाइ लुकीछिपी बसेको अभियुक्तलाई खोजतलास गरी हातहतियार सहित पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल बनेका थिए ।
प्रहरी कर्मचारीहरूको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।