Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

साहुले कुट्दा ग्राहकको मृत्यु

हाम्रो कोशी आवाज
असोज १३ २०७७, मंगलबार
साहुले कुट्दा ग्राहकको मृत्यु

उर्लाबारीः साहुले कुटपिट गर्दा मोरङको उर्लाबारीमा एकजना ग्राहकको मृत्यु भएको छ ।
मोरङको उर्लाबारी नगरपालिका–७ मा रहेको युनिक होटलका सञ्चालक २६ वर्षीय गोपाल तामाङको कुटपिट गर्दा भारतको दार्जेलिङ घर भई उर्लाबारी बस्दै आएका सुशील मल्लिकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले आइतबार राति तामाङले कुटपिट गर्दा बेहोस भएका ३५ वर्षीय सुशील मल्लिकको सोमबार भारतको सिलगुढीमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
सुनका गहना बनाउने पेसा गर्दै आएका मल्लिक आइतबार राति श्रीमतीसहित होटलमा पुगेका थिए । मादक पदार्थ सेवन गरेका दुईजनाबीच विवाद भएको थियो । श्रीमान श्रीमतीको विवाद गर्दा होटल सञ्चालक तामाङले मल्लिकलाई कुटपिट गरेको प्रहरीले बताएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय उर्लाबारीले तामाङलाई नियन्त्रणमा लिएको छ । मल्लिकको शव नेपाल ल्याउन पहल भइहेको प्रहरी उपरीक्षक खड्काले बताए ।

प्रकाशित मिति: असोज १३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend