विराटनगरः मोरङ जहदा–५ स्थितमा बस्ने ५९ वर्षीय साधुर महतोको नहरमा डुबेर मृत्यु भएको छ ।
मंगलबार साँझ साढे ६ बजे सोही स्थानमा रहेको नहरको पानीमा महतोको डुबेर मृत्यु भएको भनि आफन्तले प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई घटना सम्बन्धमा अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।