Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरीका संक्रमित वृद्धको मृत्यु

हाम्रो कोशी आवाज
असोज १४ २०७७, बुधबार
इटहरीका संक्रमित वृद्धको मृत्यु

विराटनगरः सुनसरीको इटहरीका एक वृद्धको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बुधबार मृत्यु भएको छ ।
कोरोना भाइरस संक्रमित ती वृद्धको उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।
इटहरी उपमहानगरपालिका–५ का वृद्धको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको केहीबेरमै मृत्यु भएको हो । उपचार केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसिन डा. दीपक सिग्देलका अनुसार वृद्धको मृत्यु १२ः३५ बजे भएको हो । कोरोना पुष्टि भएसँगै श्वासप्रश्वासमा समस्या बढेपछि वृद्धलाई उपचारका लागि बिहान ११ बजेतिर कोभिड अस्पताल ल्याइएको जानकारी उनले दिए ।
चिन्ताजनक अवस्थामा ल्याइएका वृद्धलाई तत्काल आइसोलेसनमा भर्ना गरेर उपचार थालिए पनि जीवितै राख्न नसकिएको सिग्देलको भनाइ छ ।

प्रकाशित मिति: असोज १४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend