Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

उर्लाबारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हाम्रो कोशी आवाज
असोज १६ २०७७, शुक्रबार
उर्लाबारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उर्लाबारीः मोरङ उर्लाबारी–९ बस्ने २९ वर्षीय देउकुमार लिम्बूको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।
शुक्रबार बिहान उर्लावारी जोरबाटोस्थित भित्री सडकखण्डमा ना४ख ३४४३ नम्बरको मालबाहक ट्रकले प्र १–०२०–०४१प२२२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक लिम्बु गम्भीर घाइते भएका थिए ।
घाइते लिम्बूको बिएण्डसी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रक र चालक मोरङ रतुवामाइ–१० का २६ वर्षीय रेवतप्रसाद सुवेदी नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: असोज १६ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend