Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका ५ जनासहित १९७ जना थपिए

हाम्रो कोशी आवाज
असोज १६ २०७७, शुक्रबार
धरानका ५ जनासहित १९७ जना थपिए

विराटनगरः बितेको २४ घण्टामा धरानका ५ जना १९७ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ ।
धरानका २ महिला र ३ पुरुषसहित सुनसरीमा २३ जना कोरोना संक्रमित थपिएका छन् । इटहरीमा २ महिला र ७ पुरुष, दुहवीमा ३ पुरुष, हरिनगरमा २ पुरुष, गढी र रामधुनीमा १–१ पुरुष, स्थानीय तह नखुलेका २ पुरुषमा संक्रमण देखिएको छ ।
यस्तै, मोरङमा १४६, झापामा २१, ते¥हथुममा २ र प्रदेश १ बाहिर ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा १२३ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४७ महिला र ७६ पुरुष छन् । मोरङको सुन्दरहरैंचामा ४ महिला र ५ पुरुष, पथरीशनिश्चरेमा २ महिलार ७ पुरुष, रंगेलीमा १ महिला र २ पुरुष, कटहरी र बुढीगंगामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
झापाको मेचीनगरमा ४ महिला र ९ पुरुष, भद्रपुरमा २ महिला र २ पुरुष, कनकाईमा २, दमक र विर्तामोडमा १–१ पुरुष, ते¥हथुमको छथरमा १ महिला स्थानीय तह नखुलेका १ पूरुष र प्रदेश १ बाहिरका ५ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेशमा शुक्रबार १६६ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १५५, विराट मेडिकल कलेजबाट ८, न्युरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेको संख्या ३ हजार ४३८ पुगेको छ ।

प्रकाशित मिति: असोज १६ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend