Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एक तिहाइ बढी जिल्लामा जलवायु परिवर्तनको असर

हाम्रो कोशी आवाज
असोज १७ २०७७, शनिबार
एक तिहाइ बढी जिल्लामा जलवायु परिवर्तनको असर

नेपाल जलवायु परिबर्तनबाट हुन सक्ने जोखिमको दृष्टिकोणले एक अति संवेदनशील मुलुकमा पर्दछ र जलवायु परिवर्तनको असरले आक्रान्त बनिरहेको छ । नेपालको एक तिहाई भन्दा बढी जिल्लाहरुमा जलवायु प्रकोप जस्तैः बाढी, पहिरो, डुबान, कटान, असिना, खडेरी, शीतलहर, तापलहरले गर्दा ठूलो जनधनको क्षति भएको विवरण देखिन्छ र वर्षेनी लाखौ हेक्टर भन्दा बढी कृषि योग्य जमिन जलवायु प्रकोपबाट प्रभावित भएको छ । यी कुरालाई मध्यनजर गर्दै माटो, पानी तथा मौसमको पूर्व सूचना प्रणालीको प्रयोगले प्रतिकुल मौसमको असरलाई न्यूनीकरण गर्दै किसानलाई जलवायु मैत्री बनाउनु आजको आवश्यकता हो ।

कृषि ब्यबस्थापन सूचना प्रणालीको स्थापना कृषि विकास मन्त्रालय अन्तर्गत जल तथा मौसम विज्ञान विभाग, नेपाल कृषि अनुसन्धान परिषद (नार्क) सँगको सहकार्यमा सञ्चालित छ । यो आयोजनाको मुख्य उद्देश्य नेपालको कृषि ब्यवस्थापन सूचना प्रणालीलाई स्थापित गरी वातावरण परिवर्तनबाट देखिएका प्रतिकूल असरहरुबाट कृषि क्षेत्रमा पर्ने सक्ने जोखिमलाई इन्फरमेसन टेक्नोलोजीको माध्यमबाट न्युनीकरण गर्ने र अनुकुलनात्मक वातावरणलाई सहजीकरण गर्न कृषिसँग सम्बन्धित जलवायु सूचनाहरु अर्ली वार्निङ सिष्टमअन्तर्गत कृषक समुदाय तथा सरोकारवालाहरूलाई सूचना प्रवाह गर्ने रहेको छ ।
यो आयोजना विभिन्न २५ जिल्लामा परीक्षणको रुपमा कार्यान्वयन भएको छ । यस आयोजनाले जलवायु प्रभावित किसान समुदायहरुलाई कृषि व्यवसथापन सूचना प्रणाली मार्फत मौसमी सूचना दिनुको साथै कृषक, कृषक समुदाय तथा सरोकारवालाहरुलाई पूर्व सूचना प्रणाली अन्तर्गत कृषिसँग सम्बन्धित सल्लाह, सुझाव प्रवाह गर्ने, किसानको तथ्यपरक निर्णय गर्ने क्षमतामा अभिवृद्धि गर्ने, कृषिको लागि अनुकुलनात्मक मौसमको बारेमा सही समयमा उपयुक्त सल्लाह, सुझाव दिएर कृषि उत्पादनमा वृद्धि गर्ने लक्ष्य लिएको छ । यस आयोजनाले कृषि, जलवायु तथा प्रविधि जडित जानकारीमुलक सामग्रीहरुको उत्पादन, प्रचारप्रसार, उत्पादकत्व वृद्धिका लागि नमूनाका रुपमा २५ जिल्लाहरु झापा, संखुवासभा, धनकुटा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, दोलखा, महोत्तरी, धादिङ, काभ्रेपलान्चोक, बारा, चितवन, कास्की, पाल्पा, रुपन्देही, मुस्ताङ, रुकुम, दाङ, जुम्ला, सुर्खेत, बाँके, डोटी, कैलाली र दार्चुलामा छपाई सामग्रीहरुको प्रयोगगरी सेवा प्रवाह गरिरहेको छ ।

आयोजनाबाट स्थानीय स्तरमा प्राप्त हुने सेवाहरुः
–किसान कल सेन्टर
–मोबाइल एप—हाम्रो कृषि
–एस.एम.एस सेवा कृषि इन्फो
–किसान सिम कार्ड
–कृषि मौसम सल्लाह सेवा बुलेटिन
किसान कल सेन्टर मार्फत किसानहरुले तल उल्लेखित जानकारी टोल फ्रि नम्बरमार्फत प्राप्त गर्न सक्छन्
–स्थानीय स्तरका कृषि तथा मौसम सम्बन्धी जानकारी
–उन्नत खेती तथा पशुपालन प्रविधि
–उन्नत वीउ, मल
–जलवायु मैत्री खेति प्रविधि
–कृषि मौसम सल्लाह सेवा बुलेटिन
–बाली तथा पशु बिमा
–मोबाइल एप्स, एस.एम.एस जिज्ञासा
–मौसमको पूर्वानुमान सम्बन्धी जानकारी
–अन्य प्राविधिक सेवा
हाम्रो कृषि मोबाइल एप्लिकेसन
यस एपबाट किसानले कृषि मौसम सम्बन्धी जानकारी, कृषि र प्रविधि, जिल्ला कृषि र पशु सेवा कार्यालयका सम्पर्क नम्बरहरु, कृषि तथा पशु बीमा अभिकर्ता सम्बन्धी जानकारीहरु र अन्य सफलताका कथाहरु प्राप्त गर्न सक्छन् । त्यस्तै, खाद्यान्न, पशुपालन, तरकारी, फलफूल, तेलहन लगायत सबै बालीका बारेमा प्रश्न उत्तर शैलीमा जानकारी समेत यसमा उपलब्ध छ । किसानले सधैभरि इन्टरनेट प्रयोगगर्न नसक्ने भएकोले, इन्टरनेट भएका स्थानमा पुगेर मोबाइलबाट एकपटक मयधलयिबम गरी क्ष्लकतबिि गरेपछि यााष्लिभ मा समेत कृषि र पशुपालन सम्बन्धी जानकारी प्राप्त गर्न सक्छन् । ताजा जानकारीको लागि कम्तिमा हप्ताको एकपटक गउमबतभ गरेपछि नियमित रुपमा जानकारी प्राप्त गर्न सकिनेछ ।
कृषि इन्फो एस.एम.एस सेवा
–यो सेवा अन्तर्गत किसानहरुले घरमै बसेर कृषि मौसम र कृषि तथा पशुपालन सम्बन्धी जानकारी प्राप्त गर्न सक्छन् ।
–उदाहरणको लागि जुन किसानसँग फोन तथा अन्य सूचना प्रविधिको पहुँंच छ उनीहरु सहजै कृषि मौसम, कृषि उत्पादन आदिको सूचनासँग जोडिन सक्छन् । उनीहरुले समयमै आवश्यक सूचना प्राप्त गरी सहि समयमा बाली लगाउने समय, मल र खाद्य व्यवस्थापन, सिंचाई, बाली विरुवाको शत्रु तथा तिनको रोकथाम आदि कुरामा सही निर्णय गर्न सक्छन् ।
–तसर्थ सूचना तथा संचार प्रविधिले किसानलाई जलवायु परिवर्तनले पार्न सक्ने प्रतिकुल असरहरुको न्यूनीकरण गर्न ठूलो भूमिका खेल्छ । यसका लागि किसानलाई कृषि इन्फो नामबाट पूर्व सूचना प्रणाली अन्तर्गत
एसएमएस पठाइन्छ ।
–यो सेवा प्राप्त गर्न आयोजना लागू भएका २५ जिल्लाका जि.कृ.वि.का र जि.प.से.का मा आफ्नो मोबाइल न दर्ता गराउन सक्नुहुन्छ ।
साप्ताहिक कृषि मौसम सल्लाह सेवा बुलेटिन
कृषकहरूलाई आफ्नो बाली, पशुपालनमा गर्नुपर्ने आवश्यक क्रियाकलापहरूलाई समेटेर आगामी हप्तामा हुनसक्ने मौसमलाई मध्यनजर गरी प्रत्येक हप्ता यो बुलेटिन विज्ञ समूहहरुको परामर्शबाट तयारगरी प्रकाशन गरिन्छ । यसरी सम्बन्धित जिल्लाका कृषकहरुले सम्बन्धित जिल्लाको मौसमी तथ्यांक, मौसमी विवरण, धान, गहुँ, मकै जस्ता मुख्य बाली लगायत अन्य बालीहरु जस्तै फलफूल बाली, कोसेबाली, तेलहन बाली, तरकारी बाली, घाँसे बाली एबम् पशुपालनमा देखिएको समस्याको आधारमा साप्ताहिक कृषि सल्लाह र सुझाव बुलेटिन प्रवाह गरिन्छ । –मेलमार्फत्

प्रकाशित मिति: असोज १७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ९ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend