Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका ९८ सहित २५५ संक्रमित थपिए

हाम्रो कोशी आवाज
असोज १७ २०७७, शनिबार
धरानका ९८ सहित २५५ संक्रमित थपिए

धरानः बितेको २४ घण्टामा धरानका ९८ जनासहित प्रदेश १ मा २५५ जना कोरोना संक्रमित थपिएका छन् ।
धरानमा ४८ महिला र ५० पुरुषसहित सुनसरीमा मात्रै १२२ जना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीकै दुहवीमा ३ महिला ६ पुरुष, इटहरीमा १ महिला ७ पुरुष, रामधुनी, बराहक्षेत्र र बर्जुमा समान १ महिला, स्थानीय तह नखुलेका ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, मोरङमा १०२, झापामा ६, उदयपुरमा ५, खोटाङमा ४, संखुवासभा र ओखलढुंगामा समान ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ९ जना रहेको मन्त्रालयले जनाएको छ । विराटनगरमा ३१ महिला ५६ पुरुष, सुनवर्षीमा ४ महिला १ पुरुष, ग्रामथानमा १ महिला ३ पुरुष, कटहरीमा २ पुरुष, उर्लाबारी, रतुवामाई र कानेपोखरीमा समान १ महिला, धनपालथानमा १ पुरुष, झापाको दमकमा १ महिला १ पुरुष, अर्जुनधारा, कमल, गौरादह र स्थानीय तह नखुलेका समान १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
उदयपुरको बेलकामा ५ पुरुष, खोटाङको खोटेहाङमा ४ पुरुष, सङ्खुवासभाको चिचिलामा १ महिला २ पुरुष, ओखलढुङ्गामा ३ पुरुष, धनकुटाको महालक्ष्मीमा १ पुरुष र प्रदेश १ बाहिरका ९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार ४३२ पुगेको छ ।
प्रदेश १ मा आजै २८७ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट २६३, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र बि जेनरल अस्पताल हरिनगरबाट समान ९, गढी आइसोलेसन केन्द्रबाट ५ र होटल एशियाटिकबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ७२५ पुगेको छ । प्रदेश १ मा आज १ हजार २०९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ९६ महिला र १५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख २६ हजार ८९० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: असोज १७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend