Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

टेम्पो र मोटरसाइकल ठोक्कियो, मोटरसाइकल चालकको मृत्यु

हाम्रो कोशी आवाज
असोज १९ २०७७, सोमबार
टेम्पो र मोटरसाइकल ठोक्कियो, मोटरसाइकल चालकको मृत्यु

विराटनगरः मोरङको सुनवर्षी नगरपालिका–३ अमरदहमा टेम्पो र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
को १३ प १७८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको अनटेस्ट टेम्पो एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक सुनवर्षी–२ का २० वर्षीय सुनिल खत्वेको मृत्यु भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेश पोदारका अनुसार दुर्घटनामा टाउको र अनुहारमा चोट लागेर खत्वे घाइते भएका थिए ।
उनलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याइपु¥याउन साथ चिकित्सकले आइतबार साँझ ७ः३० बजेतिर मृत घोषित गरेको जानकारी पोदारले दिए । मोटरसाइकल, टेम्पो र टेम्पो चालक सुनवर्षी–९ का ३८ वर्षीय मोहमद महफिललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असोज १९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend