ताप्लेजुङः दुर्घटनामा परेर घाइते बनेका तीन व्यक्तिलाई लिएर हिँडेको सवारी फेरि दुर्घटनामा परेको छ ।
ट्याक्सी दुर्घटनामा तीनजना घाइते भए थिए । सदरमुकाम फुङलीङबाट झापातर्फ हिँडेको ट्याक्सी दुर्घटना हुँदा त्यसमा सवार अर्जुनधारा–९ झापाका चालक ४० वर्षीय अशोक कार्की, फुङलीङ नगरपालिका–३ का ३७ वर्षीय सोमनाथ दाहाल र सोही ठाउँकै ३८ का राजेन्द्र दाहाल घाइते भएका थिए । मे१ज ३८४९ नम्बरको ट्याक्सी मेची राजमार्गअन्र्तगत काबेली फुङलिङ सडक खण्डमा पर्ने मेवाखा नजिकै सडकबाट झरेर दुर्घटनामा परेको थियो ।
ट्याक्सी करिब २० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घाइते ३ जनालाई उपचारको लागि जिल्ला ल्याउने क्रममा मे१ज २५७८ नम्बरको सवारी पुनः दुर्घटना भएको थियो । मेची राजमार्गअन्र्तगत काबेली फुङलिङ सडक खण्डमा पर्ने खोक्सेखोला नजिकै सडकबाट झरेर दुर्घटनामा परेको थियो । ट्याक्सी करिब २ सय मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
घाइतेमध्ये अशोकको अवस्था गम्भीर छ भने अन्य दुई जनाको अवस्था सामान्य छ । घाइते सबैको उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याइएको जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङका प्रमुख दीपक दुलालले जानकारी दिए ।