Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु

हाम्रो कोशी आवाज
असोज २० २०७७, मंगलबार
धरानमा स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु

धरानः धरान उपमहानगरपालिका–१४ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय २५ वर्षीय गोकुल तामाङ रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
धरानस्थित त्रिवेणी मार्ग भित्री सडकखण्डमा को१त ८८०१ नंको मिनी ट्याक्टरले को३०प १२९६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडि सवार तामाङ गम्भीर घाइते भएका थिए । घाईते तामाङलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मिनी ट्र्याक्टर र चालक तुलसी विक प्रहरीको नियन्त्रणमा रहेको छ भने स्कुटर चालक सुस्मन मैनाली सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असोज २० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend