Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लागूऔषधसहित दुई युवा समातिए

हाम्रो कोशी आवाज
कार्तिक ४ २०७७, मंगलबार
लागूऔषधसहित दुई युवा समातिए

विराटनगरः मोरङको विराटनगर–१६ स्थित दरैया एरियाबाट प्रतिबन्धित लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर रानी–१५ का ३१ वर्षीय शम्भु साह र सोही स्थानका ३० वर्षीय बिकी राई रहेका छन् ।
विशेष सुराकका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ६२ बोतल डाइलेक्स डिसी, १८७ ट्याब्लेट नाइट्रोजन र २३८ ट्याब्लेट एसपी प्रोक्सिभन लागूऔषधसहित मंगलबार बिहान सवा ४ बजे पक्राउ गरेको हो । पक्राउ परेका दुवैजना उपर जिल्ला प्रहरी कार्यालय मोरङबाट कानुनी कारबाही अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक कबिन्द्रकुमार कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: कार्तिक ४ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend