Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कुमार राई बने प्रदेश १ भरीका सर्वोत्कृष्ट प्रहरी

हाम्रो कोशी आवाज
कार्तिक ६ २०७७, बिहिबार
कुमार राई बने प्रदेश १ भरीका सर्वोत्कृष्ट प्रहरी

विराटनगरः जिल्ला प्रहरी कार्यालय तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक कुमार राई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
विभागीय मूल्य–मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ट तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुरयाउनुको साथै विभिन्न जघन्य अपराधमा फरार प्रतिवादीहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको हुनाले उनी उत्कृष्ट प्रहरी घोषित भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुम दरवन्दीमा कार्यरत प्रहरी सहायक निरीक्षक राईलाई निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङकन गर्दै २०७७ साल असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेशभरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिँदै आएको छ ।

प्रकाशित मिति: कार्तिक ६ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend