सुनसरीः सुनसरी रामधुनी–२ शिवनगरस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक रामधुनी–२ शिवनगरका २४ वर्षीय निमेश चौधरी र मोटरसाइकल पछाडि सवार रहेका सोही स्थानका २३ वर्षीय जीवन चौधरी रहेका छन् । शनिबार साढे ८ बजे को२६प ५६५१ नम्बरको मोटरसाइकलले साइडमा रोकि राखेको को२त ९८७६ नम्बरको ट्याक्टरको टलीमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक निमेश र पछाडि सवार जीवन गम्भीर घाइते भएका थिए । उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा राति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ट्याक्टर नियन्त्रणमा लिइएको सो कार्यालयले जनाएको छ ।