Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गोरखा गल्लीमा रात बिताएर उठेका सम्राट !

हाम्रो कोशी आवाज
कार्तिक २२ २०७७, शनिबार
गोरखा गल्लीमा रात बिताएर उठेका सम्राट !

सफलता केलाई मान्ने सफलता मापन कसरी गर्ने ? सुनाउन लायक कथाहरु त्यसै बन्दैनन् कथाहरु बन्नका लागि पात्र चाहिन्छ । हाराहारी ७ अर्ब जनसंख्यामा हरेक पात्रको आफ्नै कथा छ, कति लेखिन्छन् कति लेखिदैनन् कति सुनाउन लायक हुन्छन् त कति सुनाउन लायक हुँदैनन् त्यही भीडमा सुनाउन लायक कथा बनाउँदै उदाउने एउटा नाम हो–युवा उद्यमी सम्राट थापा ।
प्रदेश १ को पहाडी जिल्ला तेह्रथुमको भित्री गाउँमा हुर्किएका सम्राट अहिले ‘नेपाल इन्फो’ का व्यवसाय विकास प्रमुख, ‘एभरेष्ट पोलेसी इन्स्टिच्युट’ का डाइरेक्टर, ‘सहयोगी पसल’ का प्रमुख र विभन्न सामाजिक कार्यमा सक्रिय छन् । सानो उमेरमा घर छाडेर आफ्नै साम्राज्य र कथा बनाउँछु भन्ने थापाको सङ्घर्ष कम्ता प्रेरणादायी छैन ।
१७ वर्षको उमेरमा सामाजिक संस्था ‘सेभ ह्युमन एण्ड ह्युमानिटी’ शुरु गर्दै त्यही उमेरमा ‘युथ फर ब्लड’ को सुनसरी अध्यक्ष १९ वर्षमा मिडिया हाउस सञ्चालक भएका सम्राटले अहिले काठमाडौं, बुटवल, नेपालगन्ज, इलाम, पथरी, विराटनगरमा आफ्नो कम्पनीको शाखा विस्तार गरेका छन भनी लकडाउन हुँदा समेत ‘सहयोगी पसल’ नामक अनलाइन पसल सञ्चालन गरी सेवा प्रदान गर्दै आइरहेका छन् थापाका अनुसार ‘अप्ठ्यारो परिस्थितिसँग भाग्ने होइन सामना गरेर त्यसलाई अवसरमा परिणत गर्ने हो ।’
नेपालमा धेरै समाजसेवी छन् जस्ले सामाजिक सेवा र धर्मका लागि लाखौ करोडौ दान गर्छन् तर अहिले देशलाई त्यस्तो समाजसेवी चाहिएको छ जसले युवामा लागनी गर्ने लगानीकर्ता बन्न सकोस् । लगानीकर्ता भए लाखौंलाई स्वरोजगार बनाउन सक्ने दाबी समेत थापाको रहेको छ । नेपाल इम्फो, उद्यमी दिदी, आइडियालय, सहयोगी पसल जस्ता अरु थुप्रै योजनाका लागि लगानीकर्ता पर्खिएर बसेका थापा २०७३ सालमा तेह्रथुमबाट इटहरी आएका हुन् । इटहरी आएर कुटुम्ब व्वाइज होस्टलमा तरकारी ल्याउने र बिल इन्ट्री गर्ने थापा विस्तारै सामाजिक तथा व्यावसायिकरुपमा आगाडि बढे ।
अफिसबाट राति १० बजे इटहरी चोकमा चाट खाएर कोठा पुग्दा घरबेटीले गेट नखोलिदिँदा धेरैदिन गोरखा गल्लीमा रात बिताएको तितो यथार्थ सुनाउँछन् थापा । कहिले ग्याँस त कहिले चामल सकिएर दुःख सहँदै हिम्मतका साथ अगाडि बढेका थापाको व्यावसायिक सुरुवात झनै रोचक छ । दिमाग र पेपर भरी योजना बोकेर लगानी खोज्न भौतारिँदा अनि घन्टौ योजनाहरु सुनाएर खिस्स परि फर्किएको, कहिलेकाँही यो सब छाडेर विदेश जाने योजना बुन्दै कोठा पुगेको बिहान उठ्दा उही जोशका साथ् फेरि सम्भावना बटुल्दै हिँडेको त कतै एक वर्षमा डबल हुन्छ ‘जग्गामा लगानी गरे हुन्छ’ भन्नेहरुको, लगानी पाउन ग्यारेन्टी बस्ने एकजना पनि अगाडि नहुँदाको दुःख र आज त्यही दुःखले आर्जन गरेको चिनजान र व्यापारको ‘कम्बिनेशन’ बडो सुन्दर देखिन्छ ।
नेपाल इन्फो देशका ४०० वटा स्थानीय तहमा सञ्चालन गर्न सकिने व्यावसायिक योजना हो र यो अगाडी पनि बढिरहेको छ । उनी भन्छन्, ‘युवा नै देश परिवर्तन गर्ने औजार हुन् औजारमा धार लगाउन सबैले युवामा लागनी गर्नुपर्छ जसले गर्दा देश आर्थिक रुपमा समृद्ध हुनसक्छ ।’
२०७३ सालमा इटहरीका सामाजिक अभियानकर्मी ‘किप इटहरी क्लीन’का अभियान्ता दिब्यराज गुरुङसँग भेट भयो । गुरुङले उद्योग वाणिज्य संघ, इटहरीका वर्तमान वरिष्ठ उपाध्यक्ष दिवश पोखरेलसँग मिलेर सञ्चालनमा ल्याउनुभएको ‘शब्दशक्ति मिडिया प्रा.ि’ सञ्चालन गर्दा त्यो बेला मलाई पत्रकार दाइहरुले ‘लगानी गर्ने बाहेक अन्य मानिसको विज्ञापन आउँदैन होला’ भनेर गिज्याउँथे ।
सङ्घर्षका कुरा सुनाउँदै गर्दा सम्राट भावुक हुन्छन् । कक्षा–१२ सकेर विराटनगरबाट तेह्रथुम फर्किएको म घरबाट डाक्टर बन्नका लागि आमाबुबाले भनी रहे यसो त उच्च शिक्षाका लागि विदेश पठाउनका लागि पनि धेरै कोसिस भयो तर नेपालमा केही गर्ने हिम्मतले त्यताको बाटो रोजेन तर के गर्ने भन्ने टुङ्गो उनलाई नि थाहा थिएन छोरो डाक्टर अनि विदेश नजाने भएपछि बुबाले नेपाल प्रहरी बन्नका लागि नत्र गाउँमै शिक्षक बन्नका लागि दिन रात अनुरोध गर्न थालेपछि बाध्य भएर आफूले नेपाल प्रहरीको फारम भरेको र प्रहरी बन्नका लागि कम्प्युटर सिक्दा विशेष सुविधा पाउने भनेर आमालाई भनेपछि फेरी इटहरी आएर कम्प्युटर सिक्न थालेको बताउँछन् तर कम्प्यूटरमा दक्षता हासिल गरी प्रहरीको जागिर भन्दा सामाजिक काम बढी रुची राख्ने सम्राट त्यही समय युथ फर ब्लडका सुनसरी अध्यक्ष भए ।
असार १९ गते बुबाको फोन आउँदा उनी इटहरीको सरसफाइ कार्यक्रममा ब्यस्त थिए । फोन उठाएपछि थाहा भयो प्रहरीको लागि फारम १७ गते बुझाउनुपर्ने थियो उनी भन्छन्, ‘मलाई त मितिसम्म याद भएन त्यसपछि सिम परिवर्तन गरी इटहरीमा कोठा लिएर बसेका सम्राटलाई घरबाट खर्च पठाउन बन्द भयो । एउटा सामाजिक संस्थाको सुनसरी जिल्ला अध्यक्ष भए पछी कार्यक्रममा जानुपर्ने चियानास्ता साथीभाइ एकदम गार्ह्रो भयो । केहीदिन त डुनट र बिस्कुटको भरमा सम्म बसे तर हिम्मत हार्दै गयो । अन्ततः घरमा फोन गर्नैपर्ने अवस्था आयो घरमा फोन गर्दा कि विदेश, कि गाउँमै शिक्षक नत्र विएस्सी रोज्ने र इटहरी छाड्नुपर्ने अप्सन आयो उनले बिएस्सी रोजे र धनकुटा गए ।
धनकुटा बहुमुखी क्याम्पसमा विएस्सी पढ्न थालेका थापाका एकाएक आफूलाई एक्लो पाउन थाले, इटहरीमा साथीभाइ र पदमा रमाएका सम्राट धनकुटामा एक्लो भएपछि उाले धेरै साहित्यिक किताब पढ्न शुरु गरे । त्यसमध्ये एउटा किताब थियो अमर न्यौपानेको करोडौं कस्तुरी जस्ले सम्राटलाई हिम्मत दियो र एउटा संस्थाले (नाम खुलाउन रुचाएनन्) सम्राटलाई बोलाएको संयोग मिलाएर फेरि सिम परिवर्तन गरी अब जिन्दगीमा जस्तो मोड आएपनि नफर्कने संकल्प गरी पुनः इटहरी फर्किए तर इटहरी आएपछि सो संस्थाले आफ्नो बोली परिवर्तन गर्दा कहाँ जाने भन्ने ठूलो दोधारमा परे । त्यसबखत इटहरीको सामाजिक सस्था युवा विकास केन्द्रले धेरै सहयोग गरेको र केहीदिन त्यही बसे पश्चात उनले युवा विकास केन्द्रसँगको सहकार्यमा आफ्नो संस्था ‘सेभ ह्युमन एण्ड ह्युमानिटी’को आयोजनामा ‘सबैलाई न्यानो अभियान’ सुरु गरे त्यही अभियानको बीचमा ‘कुटुम्ब ब्वाइज होस्टल’ का सञ्चालन मिनराज चौलागाइसँग भेट भयो र उनी सहयोगीको भूमिकाका रुपमा कुटुम्ब होस्टल बस्न थाले ।
इटहरी बसेर सानो उमेरमा यहाँसम्म आउने कमै मानिस मध्येका एक सम्राट हुन् । इटहरीबाट शुरु भएको व्यवसाय काठमाण्डौ र पश्चिम नेपालगञ्जसम्म फैलिनु आफैमा एउटा सफलता हो लगानीकर्ता भेटे लाखौंलाई रोजगार दिने उद्यमी बन्ने सपना बोकेका सम्राट थापाको हिम्मत र उर्जा कहिल्यै घटेको देखिन्नँ । यसको राजबारे थापाको छोटो भनाइ छ–जीवन आफ्नो रोजाइ हो । –मेलमार्फत्

प्रकाशित मिति: कार्तिक २२ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend