Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘बलिराजा’ आखिर कसका राजा ?

हाम्रो कोशी आवाज
कार्तिक २२ २०७७, शनिबार
‘बलिराजा’ आखिर कसका राजा ?

तिहारमा देउसी–भैलो खेल्दै आउने हरेक समूहले आफूहरूलाई ‘बलि राजा’ ले पठाएको भन्ने गर्छन् । बलि राजालाई मान्ने प्रचलन उनको दानवीरतालाई आम जनताले सम्मान गर्नलाई भएको मानिन्छ । पौराणिक कथावस्तु विष्णुको वामन अवतार र बलिको दानसँग सम्बन्धित छ । यसै पौराणिक मान्यतामा रहेर मलायालमीहरुले ‘ओणम’ पर्वकारुपमा १३ दिनसम्म मनाउँछन् । उनीहरुको नयाँ सालको पहिलो महिना सिङ्घममा यो पर्व पर्दोरहेछ । जसअनुसार अगष्ट र सेप्टेम्बरमा ‘ओणम’ पर्व पर्दछ ।
यस साल २२ अगस्ट २ सेप्टेम्बरमा परेको थियोे । उनीहरु यस समयावधिमा बलि राजा आफ्ना जनतालाई भेट्न आउने मान्यता राख्छन् र स्वागत गर्न ‘ओणम’ पर्व भव्यताका साथ मनाउछन् । यता ‘बलि राजा’ ५३ दिनपछि यस साल नोभेम्बर १३ बाट नेपाल भित्रिएका छन् । उनलाई स्वागत गर्न र पुनर्वास गराउन तिहारमा ‘देही श्री’ भन्दै धन मागिएको र अपभ्रंश भएर ‘देउसी रे’ भएको मानिन्छ ।
बलि राजाका सम्बन्धमा नेपालका आदिवासी जनजातिहरुले आफ्नो राजासँग पनि जोडेका छन् । उनीहरुको बलि राजा पनि न्यायप्रेमी, दानवीर, प्रजापालक भएको प्रसङ्ग जोडेर ल्याउँछन् । मगरहरु ‘बलि हाङ राना मगर’ भनेर जोड्छन् । उनीहरुको पौराणिक कथाअनुसार उनलाई यमदूतहरुबाट जोगाउन ‘फाइलो र देउस्यैरा’ भन्दै औंसीका रातभरि बत्ती बालेर जाग्राम बस्ने परम्परागत प्रचलन हो ।

यसै समयमा लिम्बूहरु ‘बलिहाङ तङनाम’ मनाउँछन् । उनीहरुको पनि पौराणिक कथामा पनि लोकप्रिय राजा ‘बलि राजा’कै चर्चा छ । उनीहरुले आफ्ना राजालाई यमदूतबाट बचाउन सकेको खुशी व्यक्त गर्न उत्सव मनाएको मान्छन् । उत्सव मनाउन उनीहरु राति लारिङ्गेःक र दिनमा नाम्लिङ्गेःक भन्छन् ।
यहाँ जसले जसरी बलि राजालाई आफ्नो बनाएपनि दक्षिण भारतबाट पहाडी मुलुक नेपालसम्म उनको महिमा पौराणिककालदेखि नै चर्चामा रहेको पाइन्छ । यद्यपि कालान्तरमा यमपञ्चकका परिभाषाहरुमा विकसित गरिएको हो कि भन्ने अनुमान गर्न सकिन्छ ।
यति धेरै लोकप्रिय बलि राजाका सम्बन्धमा आजसम्म हिन्दूवादी दृष्टिकोणबाट मात्रै चर्चा परिचर्चा गर्ने गरिएको छ । अब आदिवासी जनजातिहरुको थुतुरी वेद र मुन्धुमहरुबाट पनि अनुसन्धान गर्नुपर्ने आवश्यकता छ । तपाई हामी भने ‘देउसी रे’ अनि ‘भैलेनी’ मा रमाउँदै गरौं देउसी रे !
सबैलाई तिहारको शुभकामना !

प्रकाशित मिति: कार्तिक २२ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • १० घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend