धरानः लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा रहेको ‘यो माया के हो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
मन छुने गीतमा शब्द राम कृष्ण महराको रहेको छ भने मन कुमार (शिवराज) ले यस गीतलाई संगीतबद्ध गरेका हुन् । गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ ।
वियोगान्त प्रेम कथामा आधारित म्युजिक भिडियोमा नायिका केकी अधिकारी, दिनेश थापा (आयुष) र मनोज ओली फिचर्ड छन् । दीपेन बस्नेतले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । गोविन्दप्रसाद साह उत्पादक रहेको यस भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो । ओएसआर डिजिटलमार्फत् भिडियो सार्वजनिक भएको हो ।
रोजगारीको सिलसिलामा मलेशियामा रहेका उत्पादक साह र महराले विदेशी भूमिबाटै आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका छन ्। यसअघि गीतकार महराले ‘मैले भन्दा’, ‘साइनो’ , ‘उठ युवा हो’ लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् । यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पूर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन् ।