Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका युवा काकडभिट्टामा समातिए

हाम्रो कोशी आवाज
मंसिर ८ २०७७, सोमबार
धरानका युवा काकडभिट्टामा समातिए

बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–७ बाट नियन्त्रित लागूऔषध ब्राउसुगरसहित ४ जना पक्राउ परेका छन् ।
सो वडाको सिदार्थ टोलमा एक घर भाडामा नै लिएर लागूऔषध बिक्री वितरण हुने गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा लागूऔषध बिक्री वितरण गर्ने सिताराम आङदेम्बे, निजकी श्रीमती मनिषा मगर रहेका छन् । यस्तै, लागूऔषध खरिद गर्ने धरान–५ का २४ वर्षीय कल्याण राई र धरान–१६ का २४ वर्षीय रिजन लाकन्द्री रहेका छन् । निजहरुको साथबाट प्रहरीले २८ ग्राम नियन्त्रित लागूऔषध ब्राउसुगर, नगद १ लाख ३३ हजार रुपैयाँ र मोबाइल ३ थान समेत बरामद गरेको छ ।
लागूऔषधसहित पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

प्रकाशित मिति: मंसिर ८ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend