Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा स्कुलः स्कुलसँगै प्रस्ताव मागिने !

हाम्रो कोशी आवाज
मंसिर ११ २०७७, बिहिबार
धरानमा स्कुलः स्कुलसँगै प्रस्ताव मागिने !

धरानको पब्लिक हाइस्कुलका विद्यार्थी कक्षा–१२ को परीक्षा दिन प्रवेश गर्दै । तस्वीरःफाइल हाम्रो कोशी आवाज

धरानः धरानमा विद्यालय खोल्ने, नखोल्ने भन्नेबारेमा अहिले निर्णय भइसकेको छ । चाडबाड सकिएपछि केही निर्णय गर्न सकिने मेयर तिलक राईले बताइसकेका छन् । विद्यालय सञ्चालन हुने वा नहुने अर्थात् शैक्षिक सत्र खेर जाने हो कि वा यस्तै आलटालमै विद्यालय नखुल्ने हो भन्ने द्विविधा अहिले पनि कायमै छ ।
यसैबीच बिहीबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई सुझाव प्रतिवेदन बुझाइएको छ । धरान उपमहानगरपालिकामा बनाइएको सुझाव कार्यदलले सुझाव प्रतिवेदन बुझाएको शाखा अधिकृत रामचन्द्र कार्कीले जानकारी दिए ।
उनले शिक्षा मन्त्रालयबाट नै विद्यालय खुला गर्न निर्देशन आइसकेको बताए । विशेषतः स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै विद्यालय खुलाउने तयारी भइरहेको उनले जानकारी दिए । उनले यस विषयमा विद्यालय सञ्चालक, शिक्षक, अभिभावकहरूपनि सकारात्मक रहेको बताए । ‘धरानमा धेरैजसोको मत विद्यालय लगाऔं नै भन्ने नै छ’, उनले भने, ‘त्यही भएर विद्यालयसँग प्रस्ताव माग गर्ने समेत निर्णय भएको छ, उनीहरुले कसरी निर्णय गर्ने हुन्, हेरौं ।’
उनका अनुसार बुझाइएको प्रतिवेदनमा कुन ‘मोडालिटी’ मा विद्यालय खोल्ने हो भन्नेबारेमा सरकारकै भर परेको र त्यहीअनुसार नै सुझाव प्रतिवेदन तयार भएको बताए । ‘सरकारी निर्देशन जे छ, त्यहीअनुसारको नै प्रतिवेदन छ’, उनले थपे, ‘सात विकल्प छन्, एउटामा कुनै पनि विद्यालयले निर्णय गर्नुपर्ने हुन्छ ।’ उनले प्रतिवेदनमा समेटिएको सात विकल्पमध्ये जोखिम कम भएका एरियामा एकैपटकमा स्कुल खोल्ने कि, ठूला कक्षा मात्रै सञ्चालन गर्ने कि, सानो कक्षामा मात्रै सञ्चालन गर्ने कि, समय घटाएर सञ्चालन गर्ने कि आदि इत्यादि रहेको बताए । उनले जोखिमको मूल्याङ्कन कस्तो होला भन्नेबारेमा केही खुलाएनन् ।
धरानमा केहीले विद्यालय नखोलौं जोखिम बढ्छ भन्ने तर्क पनि गरिरहेका छन् । धरानमा अहिले दिनहुँ संक्रमित पनि बढिरहेका छन् ।
शैक्षिक सत्र शुरु हुने बेलादेखि हालसम्म शिक्षालयहरू बन्द हुँदा लाखौं बालबालिकाहरू विद्यालय जानबाट वञ्चित भएका छन् ।
सरकारले लामो समयसम्म बन्द विद्यालय सञ्चालनको बाटो खुला गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाइदिएको छ ।
मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको बैठकले ‘कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ लाई स्वीकृत गर्ने निर्णय गरेको थियो । लगत्तै शिक्षा मन्त्रालयले कार्यढाँचा वेबसाइटमा समावेश गरी स्थानीय तहलाई जोखिमको मूल्याङ्कन गरी क्रमशः विद्यालय खोल्न मार्गदर्शन गरेकोे छ ।

प्रकाशित मिति: मंसिर ११ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend