धरानः नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित भएको छ ।
नेपाल नर्सिङ काउन्सिलले नर्सिङ तथा मिडवाइफहरुको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको हो ।
काउन्सिलले परीक्षाको नतिजा प्रकाशित गरेको हो । सार्वजनिक नतिजा अनुसार नर्सिङतर्फ ४९ दशमलव २९ प्रतिशत र मिडवाइफ तर्फ ६६ दशमलव ६६ प्रतिशत उत्तीर्ण भएका छन् ।
नर्सिङ तर्फ १ हजार २ सय ७० जना परीक्षामा सहभागी भएका थिए। जसमध्ये ६ सय २६ जना उत्तीर्ण भएका छन् । यस्तै मिडवाइफ तर्फ ६ जनाले परीक्षा दिएकोमा ४ जना उत्तीर्ण भएका छन् ।
काउन्सिलले आज लिएको परीक्षाको नतिजा प्रकाशित गरेको हो ।