Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगरमा दुई सिफ्टमा विद्यालय खुल्ने

हाम्रो कोशी आवाज
मंसिर २२ २०७७, सोमबार
विराटनगरमा दुई सिफ्टमा विद्यालय खुल्ने

विराटनगरः विराटनगरका विद्यालय दुई सिफ्टमा सञ्चालन हुने भएको छ ।
कोरोना महामारीका कारण विगत ८ महिनादेखि बन्द रहेका विद्यालयहरू दुई सिफ्टमा सञ्चालन हुन लागेका हुन् । पुस २ गतेदेखि विद्यालय खुल्ने भएको हो । महानग।पालिकाले कोरोना जोखिम कम भएको निष्कर्ष निकाल्दै भौतिकरुपमै कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बिहान र दिउँसो गरी विराटनगरमा दुई सिफ्टमा कक्षा सञ्चालन हुने साथै अनलाइन कक्षा पनि सञ्चालनमा ल्याउने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।
स्कुल खोल्नुअघि अभिभावकसँग छलफल गरेर सतर्कतासहित कक्षा सञ्चालन हुने भन्दै मेयर पराजुलीले जोखिम कम भएकाले विद्यालय खुला गर्ने निर्णय भएको दाबी गरे ।

प्रकाशित मिति: मंसिर २२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend