Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कविताः म लडेको बेला

हाम्रो कोशी आवाज
पुष ८ २०७७, बुधबार
कविताः म लडेको बेला

निरन्तर सघंर्षपश्चात्, अलि अलि चढ्दै जाँदा
निर्दाेष ती पाइलाहरु, अलि अलि सर्दै जाँदा
ठोकिएर
लरखरिएर
थाकिएर
मलाई नधेकल अझ
म लडेको बेला
मलाई प्रहार नगर
म हिँडिरहेका बेला
कारण
म त ती तिम्रो धकेलाईले पछारिएर
अझ बलवान् भएको छु
पाइला–पाइलामा चोट थपेर
अझ दरिलो भएको छु
मेरो सपनाको संसार, अलि अलि बुन्दै गर्दा
मैले जीवनका रङ्गहरु, अलि अलि
क्यानभासमा सजाउदै जाँदा
अलमलिएर
रङ्ग लतपतिएर
क्यानभास च्यातिएर
आधा रातमा नब्युझाउँ मलाई
म सुतेको बेला
रङ्गहरु नपोखिदेउ यता र उता
क्यानभास च्यात्तिएको बेला
कारण
म त तिम्रो घच्घच्याइले
अझ ठूलो सपना बुन्न थालेको छु
म त तिम्रो जलनले
अझ ठूलो क्यानभास रङ्गाउनतिर लागेको छु
मेरो स्वभिमानका कविताहरु, अलि अलि रच्दै गर्दा
मेरो माटोको कथाहरु, अलि अलि कोर्दै जाँदा
एकाग्रता भङगिएर
सिद्धान्त बाङ्गीएर
दिशाहीन भएर
विचारहरुलाई नअल्मल्याइ देऊ
स्वाभिमानी शब्दहरु नाचिरहँदा
बाटो नमोडिदेऊ
माटोको सङ्घर्षका कथाहरु कोर्दा
कारण
म त तिम्रो सस्तो लोकप्रियताले
अझ उर्जावान बनेको छु
म त तिम्रो दायित्व प्रविधिले
अझ धेरै राष्ट्रभक्त बनेको छु
व्यर्थ छन्
जलन
आरिष
इष्र्या
घृणा
दासत्व
कुविचार
बरु
यी सब त्यागेर
आफूले आफूलाई सम्हालेर
फैलिएर जाऊ न तिम्रो छाती, धर्ती जस्तै
अग्लिएर जाउ न आफ्ना विचारहरु, आकाश जस्तै
गहिरिएर जाउन् आफ्ना सोचहरु सागर जस्तै

गर विकास आफ्नो व्यक्तित्वको
रच इतिहास आफ्नै जिन्दगीको ।
धरान, सुनसरी

प्रकाशित मिति: पुष ८ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • के देश दुख्दैन र ?

    यदुनाथ भण्डारी, धरान आँखा सागर झैं जलाम्य जहिले बेचैन प्रज्ञा, मन फाटे स्वप्न उमङ्गका प्रगतिका खोक्रो भयो जीवन चौतारा, गुँड शून्य छन् न छ खुसी लाखौं भयो...

    • ३ बर्ष s अगाडी
    • २ मिनेट पाठ
  • धरानमा गर्मराएको राजनीति

    साँच्चै भन्ने हो भने को साँच्चैको स्वतन्त्र अनि दलको स्वतन्त्र त्यसको छिनोफानो जनताले नै गर्नेछन् । शक्ति र पदको लालसामा नागरिकको स्वतन्त्रप्रतिको झुकावलाई ‘क्यास’...

    • ४ बर्ष s अगाडी
    • ८ मिनेट पाठ
  • आँखाको नानीमा सधैं नाचिरहन्छ इलाम

    हातमा एकएक मुठो निगुँरो बोकिरहेका एक जोडी बालिकाहरु मेची हाइवेका अकस्मात देखिँदा मलाई हल्का असहज उत्पन्न भइरहेको थियो । त्यसबेला उनीहरु आफ्नो जिउलाई दाउमा...

    • ४ बर्ष s अगाडी
    • १७ मिनेट पाठ
  • पानीको राजनीतिः बन्दै लाजनीति

    मान्छे जन्मिएपछि नमरुन्जेलसम्म उसलाई पानीको आवश्यक पर्छ । जन्मिएपछि बच्चाको सरसफाई गर्न र मरेपछि त्यो मानिसलाई पानी खुवाउन पनि पानीको आवश्यकता पर्छ । बाँचुन्जेल...

    • ४ बर्ष s अगाडी
    • ८ मिनेट पाठ
  • चाडबाड र चुनाव एकैसाथ

    पछिल्लो समय बजारमा महङ्गीले सीमा नाघ्दै गइरहेको छ । अब झन दशैं आइसकेको छ, मानिसहरु सामान किनमेल गर्नका लागि जाने गर्छन् र यही दशैंको मौका...

    • ४ बर्ष s अगाडी
    • ९ मिनेट पाठ
  • सहकारी डुब्नुमा दोषी को हो ?

    केही दिनअघि काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक निक्षेपकर्ताको अर्बौँ रुपैयाँ कुम्ल्याएर भागेको घटना बाहिरियो । देशका चर्चित घरजग्गा व्यापारी तथा सिभिल...

    • ४ बर्ष s अगाडी
    • ५ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend