Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संसद पुनस्थापित भए नेकपा फुट्दैन: नेता भुसाल

हाम्रो कोशी आवाज
पुष १२ २०७७, आइतबार
संसद पुनस्थापित भए नेकपा फुट्दैन: नेता भुसाल

धरानः नेकपाका नेता घनश्याम भुसालले प्रतिनिधिसभा पुनःस्थापना भए पार्टी विभाजन रोकिने बताएका छन् ।
उनले संसदको पुनःस्थापना भए सबै कुरा ट्रयाकमा आउने बताए । प्रचण्ड–नेपाल नेतृत्वका उनले भने, ‘संसद पुनस्थापित भए संविधानको रक्षा पनि हुन्छ र पार्टी विभाजन पनि हुँदैन ।’
आइतबार गृह जिल्ला रुपन्देहीमा भएको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता भुसालले सो कुरा बताएका हुन् ।
उनले संसद पुनःस्थापना भएपछि पार्टी एक ठाउँमा आउने दावी समेत गरे । उनले संसद पुनःस्थापना भएन भने संविधान च्यातिँदै र उध्रिदै जाने र देश अस्थिरताको भूमरीमा फँस्ने बताए ।
उनले अहिले प्रधानमन्त्री ओलीले घोषणा गरेको चुनाव हुनै नसक्ने चुनाव भएको बताए । उनले राजाले खोसको संविधान त ब्युँताएको उदाहरण दिँदै उनले रैतिले खोसको संविधान त्यसै ब्युँताउने बताए ।

प्रकाशित मिति: पुष १२ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend