Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपाली मिडियाः कसको आवाज ?

हाम्रो कोशी आवाज
पुष २९ २०७७, बुधबार
नेपाली मिडियाः कसको आवाज ?

“मानवअधिकारको उल्ङ्घन आन्तरिक र अन्तर्राष्ट्रिय वित्याँसको अवश्यम्भावी कारक तत्व हो । संसारमा देखा परेका शक्तिशाली पृथकतावादी आन्दोलनलाई उपेक्षाले सघाएको छ । व्यापारदेखि सञ्चारसम्मका क्षेत्रमा विश्वव्यापी (बाहिरिया) शक्तिहरुले राष्ट्रिय सार्वभौमसत्ता क्षय गराउनुका साथै विरोधाभास रुपमा सोको पृथकतावादी प्रवृत्तिलाई टेवा दिएको छः फरक धारणा राख्ने अधिकार, दुःखको कुरा, विभाजनको सङ्घर्ष हुन गएको छ ।” –नेल्सन मण्डेला ।
विश्वमै लामो जेल जीवन बिताएका दक्षिण अफ्रिकाका राजनेता स्वर्गीय नेल्सन मण्डेलाले भने जस्तै नेपालमा पनि फरक धारणा राख्नु विभाजनको सङघर्ष हुन गएको छ । खासगरी पहिचानको आधारमा संघीयता लागू गर्ने, जातीय स्वपहिचान स्थापित गर्ने, जातीय जनसंख्याको आधारमा समावेशी समानुपातिकता लागू गर्ने, मातृभाषामा उच्च शिक्षा लागू गर्ने, धर्म निरपेक्षतालाई सबै जातजाति र भाषाभाषीको मर्मअनुसार उनीहरुको जनजीवनमा व्यवहारिक रुपमै लागू गर्ने सन्दर्भमा कुरो गर्दा यहाँका शासक वर्गका मान्छेहरुले धार्मिक दंगा हुने ठोकुवा गर्छन् । त्यति मात्रै होइन, साम्प्रदायीक कुरो गर्ने ? भनी प्रश्न पनि छर्ने गर्छन् । आदिवासी जनजातिहरुको धर्म, संस्कार, संस्कृतिहरु पनि व्यवहारमा लागू गर्दा कसरी धार्मिक दंगा हुन्छ ? जसरी दौरा–सुरुवाल र ढाकाटोपी (हाल भादगाउँले टोपी !) लाई राज्यले नै प्रवन्ध गरेको छ, त्यसरी नै नेपालका आदिवासी जनजाति, मधेशी, हिमाली आदिको भेषभुषालाई पनि प्रवन्ध गर्ने बारेमा कुरो गर्दा कसरी सामाजिक सद्भाव बिग्रन्छ ? तर, राज्यपक्षका चिन्तक, विश्लेषक, लेखक, प्राडा, मूलधारका भनिएका मिडिया, मिडियाकर्मी, मानवअधिकारवादी संघ–संस्थाका अगुवा भन्नेहरुले नै –‘यस्तो पनि कुनै इस्यु हो र ! यस्तो साम्प्रदायीक र जातीवादी कुरो पनि गर्ने ?’ …., भन्छन् ।
त्यसो त आदिवासी जनजाति भनिनेहरु, जो पहुँचमा पुगेका छन्, उनीहरुले नै जातीय स्वपहिचानविहीनहरुले खोजिरहेको जातीय स्वपहिचानको संघर्षलाई नैतिक समर्थन गर्नुको सट्टा ‘फलानो … त अलग्गै जाति होइनन् नि, हामी जस्तै … जाति हो नि ! उनीहरुले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले दिने ५० हजार र विदेशीले दिने डलर खानका लागि मात्रै … जाति फुटाउन खोजेका हुन् ।’ भनी नियतवश गलत ढंगले हौवा फिँंजाएपछि जातीय स्वपहिचानका लागि नेपाल सरकार, नेपाल सरकारका विभिन्न सरकारी कार्यलयहरु, सरकारले गठन गरेका कार्यदल, प्रतिष्ठान, आयोग, समिति आदिका कर्मचारीहरु, अन्य जातीय संघ–संस्थाहरु, विदेशी नियोग, मानवअधिकारसंँग सम्बधिन्त आइएलओको नेपालस्थित कार्यलय, आवाज विहीनहरुका पनि आवाज भनिएका मिडियाहरु, आइएनजिओ–एनजिओहरु, नेपालस्थित दातृ निकायहरु, कथित् मानवशास्त्री, समाजशास्त्री भनिनेहरु, भाषाविद भनिनेहरु, विद्घान भनिनेहरु, विषय विज्ञ भनिनेहरु, लोकल एनजिओहरु, स्वतन्त्र व्यक्तिहरुसँग (यिनीहरुलाई किन कथित् भनिएको हो भने, यदि उनीहरु साँच्चै मानवअधिकारवादी, मानवशास्त्री, समाजशास्त्री, भाषाविद, विद्घान, विषय विज्ञ हुन् भने जातीय स्वपहिचान विहीनहरुका विषयमा पनि मुख खोल्न सक्नुपर्ने थियो । दूधको दूध पानीको पानी छुट्याउन सक्नुपर्ने थियो ।) लबिङ गरी रहेका जातिहरुका लागि कस्तो असर पर्दो हो ? फलतः हालसम्म राईकरणको मारमा परेका कुलुङ लगायत अन्य आदिवासी जनजाति र उत्पीडित समूह वा वर्गले स्वपहिचानका लागि आन्दोलन वा भनौं संघर्ष गरेको २०–२१ वर्ष पुग्दा पनि ‘न यता न उता !’ भएर बस्नु परेको अवस्था छ ।
नेपाली मिडियाहरुले आदिवासी जनजाति लगायत उत्पीडित जातिहरुलाई कतिसम्म अन्याय गरेका छन् भने कुनै पनि जातजातिले गरेको कार्यक्रमको समाचार संकलन गर्न बोलाएमा पनि आउँदैनन् । आदिवासी जनजातिको कुरो गर्दा कुलुङ लगायत छुटेका (सूचीकृत ५९ जातिमा नपरेका) जातिहरुले आयोजना गर्ने गरेको पहिचान सम्बन्धी कार्यक्रममा त झनै … । तर, कता–कति कथित् ‘राई !’ जातिका विद्घान भनिने र, नामको अगाडि प्रा., डा., वा प्राडा, विद, विज्ञ आदिको फुर्को झुन्डयाईएका÷झुन्डयाएका लेखकहरुले कथित् ‘राई !’ जातिको चाडबाड, भाषा, संस्कार, संस्कृति आदिबारे ‘गोलम–टोल’ अर्थात् ‘अन्ट–सन्ट’ लेखेर पठाएको लेख भने सही होस् कि गलत ? आँखा चिम्लेर छाप्ने गर्छन् । त्यसरी कथित् ‘राई’ जातिका विद्घान भनिनेहरुले ‘गोलम–टोल’ अर्थात् ‘अन्ट–सन्ट’ लेखेर पठाएको लेखका बारेमा वास्तविकता यस्तो हो है ! भनी प्रस्टीकरण वा भनौं प्रतिक्रिया लेखेर पठाएको प्रतिक्रिया भने केकति कारणले हो ? छाप्दैनन् । के ‘मिडिया भनेको आवाजविहीनहरुको पनि आवाज हो !’ भनेको यही हो ?
थप केही जानकारीका चाहिएमाः ९८४९९८५९९७, ९८६२४३६०४९ ninamkirat123@gmail.com

 

प्रकाशित मिति: पुष २९ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ११ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend