Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सन्देशले भानुचोकमा नचाए

हाम्रो कोशी आवाज
माघ ६ २०७७, मंगलबार
सन्देशले भानुचोकमा नचाए

धरानः धरानका सन्देश बम्जन लामा नेपाल स्टारको टप ४ मा पर्न सफल भएपछि धरानमा कन्सर्ट आयोजना गरेर भोट मागिएको छ ।
उनी नेपाल टेलिभिजनमा प्रसारण भइरहेको रियालिटी शो नेपाल स्टारको टप ४ मा परिसकेका छन् । उनले माया, आर्शिवादले यहाँ पुगेको बताउँदै ग्राण्ड फिनाले विजयी बनाउन आग्रह गरे ।
अग्रज गायक दीप श्रेष्ठ र गायक शिव लामिछानेले बधाई पनि दिए । चार जनासम्म पर्नु नै ठूलो कुरा भएको बताउँदै श्रेष्ठले बधाई पनि दिए । ‘चारजनामा पर्नुपनि ठूलो कुरा हो’, उनले भने, ‘यसले धरानको नाम रहेको छ ।’
उनले अब धराने जनताको साथ र सहयोग चाहिएको बताए । ‘यतिञ्जेल धरानबासीलगायत देशविदेशमा रहेका नेपालीको सहयोगले नै यो स्थानसम्म आइपुग्न सफल बनेको हो, त्यसैले अब यो अन्तिम मौका रहेको र यसमा पनि सहयोग गरिदिनुहुन्छ भन्ने आशा छ ।’ उनले भने ।
उनले एनएस १३ टाइप गरेर ३३००१ मा पठाइदिनका अनुरोध गरेका छन् । माघ १७ गते बेलुकी ६ बजेसम्म भोटिङका लागि खुल्ला रहेको उनले जानकारी दिए । ‘गत शनिबार ९ बजेदेखि भोटिङ शुरु भएको छ भने माघ १७ गते बेलुकी ६ बजेसम्म भोटिङ खुल्ला रहन्छ’, उनले थपे, ‘मेरो सफलतामा धरानबासीको ठूलो हात छ, त्यसैले सहयोग गरिदिन हुन हार्दिक आग्रह गर्दछु ।’ तस्वीरः लक्ष्मण थापा

प्रकाशित मिति: माघ ६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend