Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गणतन्त्र बचाउन किन नलाग्ने ?

हाम्रो कोशी आवाज
माघ ७ २०७७, बुधबार
गणतन्त्र बचाउन किन नलाग्ने ?

लोकतन्त्रप्राप्तिको लडाइँमा अनेकौं सहिदहरुले आफ्नो ज्यानको बलिदान दिएका छन् । यसकारण पनि यो मुलुक संघीय गणतन्त्रको जगमा उभिएको छ । तर जनताले खोजेजस्तो र आशा भरोसा गरेको जस्तो लोकतन्त्रको अनुभूति भने गर्न पाएका छैनन् ।
आज यो मुलुकलाई नियाल्दै जाँदा हत्या, हिंसा, बलात्कारदेखि भ्रष्टाचारै भ्रष्टाचारका दर्जनौं काण्ड भइसकेका छन् । त्यो काण्डमा पनि रुमल्लिएको मात्रै पाइन्छ । वालुवाटारको जग्गा प्रकरण, वाइडबडी, सुनकाण्ड, जथाभावी कर छली, भूमाफियाकरण, गुठी विद्येयकमात्रै होइन, विश्व महामारीकोरुपमा फैलिएको कोरोना महामारीको बेला स्वास्थ्य सामग्रीमा समेत भ्रष्टाचारको गन्ध फैलिएको जनताले बुझेकै छन् ।
भ्रष्टाचारको जालोले राजनीतिलाई सेवाभन्दा पनि कमाउधन्दाको पेशाको रुपमा छर्लङ्ग देखापरेको छ । त्यसैले त नेपाल २०१९ को सर्वेक्षणमा भ्रष्टाचारको ११३ औं स्थानमा परेको छ । आज अख्तियार दुरुपयोग आयोगजस्तो संवैधानिक अंग पनि निष्पक्ष नभई अपराधी र भ्रष्टाचारीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा बचाउ गरेको थुप्रै दृष्टान्त हामीसँग छ ।
देशको बागडोर सम्हाल्ने नेतृत्वले विरोध र आलोचना आत्तिएर समर्थनमा मात्तिएर मैमत्त बन्दै जनतामाथि कुठाराघात गरिरहेको पाइएको छ । जनताको अधिकार र अभिव्यक्ति कुण्ठित गरेपछि सडकमा जनता जहिल्यै पुगिरहनु विडम्वना हो । त्यति मात्रै होइन प्रेस स्वतन्त्रतामाथिको अंकुश, राष्ट्रिय मानवअधिकार आयोगजस्तो निष्पक्ष संस्थामाथि बेवास्ता, नागरिक समाजको बेमतलव, संवैधानिक अंगको अधिकारको बेवास्ता, जनताको अधिकारको भावनामाथि गाइएका गीतमाथिको प्रतिबन्ध, यो देश संविधानको नीतिमुखीभन्दा पनि नेतामुखी बन्दै जानुले लोकतन्त्र नै धरापमा परेको देखिन्छ ।
भनिन्छ नि निराशवादी मान्छे पोखिएको दूधको चिन्तामा रुमलिन्छ भने आशावादी मान्छे पछिको दूधलाई हेरेर खुशी हुन्छ । त्यस्तै, भ्रष्टाचारको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउनका निम्ति फुटेर होइन, अब जुटेर सामना गरौं ।
धरान, सुनसरी
भट्टराई विद्यार्थी हुन् । उनले खुल्ला अनलाइन प्रतियोगितामा बोलेका विचारलाई यहाँ प्रस्तुत गरिएको छ । –सं.

प्रकाशित मिति: माघ ७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ११ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend