Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको धार्मिक र ऐतिहासिक क्षेत्रमा चिहाउँदा (१५ तस्वीर)

हाम्रो कोशी आवाज
माघ ९ २०७७, शुक्रबार
धरानको धार्मिक र ऐतिहासिक क्षेत्रमा चिहाउँदा (१५ तस्वीर)

मारवाडी महिला मञ्च धरानद्वारा विजयपुर जाने बाटो तीनधारे छेऊ निर्मित विश्रामालय । त्यहाँ खानेपानीको टयाङ्कीसमेत निर्माण गरिएको छ ।

धरान सिहदेवीचोकदेखि विजयपुरको धार्मिकस्थल जाने पैदल यात्रुहरुलाई रातको समयमा हिँडडुलमा सहजताका लागि विजयपुर चोकसम्म यस्ता रङ्गीन बत्तीहरुको ब्यवस्था गरिएको छ ।

विजयपुर धार्मिक पर्यटनको विकास प्रवद्र्धनको निमित्त विजयपुरका अधिकांश बाटोहरु कालोपत्रेको लागि तयारी गरिँदै । यसअघि समयमा सडक नबन्दा सो ठाउँ पर्यटक तर्साउने सडक बनेको थियो । ढिलै भएपनि सडक कालोपत्रे धमाधम हुन लागेको छ ।

ऐतिहासिक किरातकालीन विजयपुरगढीमा स्वागत प्रवेशद्वारमा विभिन्न जातिहरुको आफ्नो मौलिक संस्कार, संस्कृति झल्किने गरी दुवैपट्टि शिलापत्रमा कुँदिएका चित्रहरु ।

धरानमा पनि कोभिड–१९ ले झण्डै ९ महिनासम्म मठ–मन्दिरमा पूजाआजा बन्द भयो । तर अहिले विजयपुर स्थित बुढासुब्बा, दन्तकाली, पञ्चकन्या, पाथिभरा र पिण्डेश्वर मन्दिरहरुमा फेरि धर्मावलम्बीहरुको चहलपहल शुरु भएको छ ।

विजयपुर दरबार तथा बुद्धिकर्ण राजाको दरबार क्षेत्र पिकनिकस्थल एवं सेल्फी खिच्दै ।

धरानस्थित सिहंदेवी चोकस्थित नेशनल एकेडेमीका विद्यार्थीहरु कलेज बाहिर गेट बहिर सेल्फीमा रमाउँदै ।

प्रकाशित मिति: माघ ९ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend