Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ओली समूहका महिलालाई प्रशिक्षण

हाम्रो कोशी आवाज
माघ ११ २०७७, आइतबार
धरानमा ओली समूहका महिलालाई प्रशिक्षण

धरान: नेकपा ओली समूहको अखिल नेपाल महिला संघ धरान उपमहानगर कमिटीले अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सन्पन्न गरेको छ ।
आइतबार धरान–१ स्थित सुनसरी उद्योग वाणिज्य संघको हलमा अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको हो । संघकी धरान अध्यक्ष लहरु जिमीको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम आयोजना भएको थियो ।
प्रशिक्षणमा संघको उपमहानगर कमिटीका ९५ जना सदस्यहरु सहभागी भएको अध्यक्ष जिमीले जानकारी दिइन् । संघको कमिटी गत पुस २३ संघका सदस्यहरुलाई नेकपा केन्द्रीय सदस्य तथा अनेमसंघ सुनसरी जिल्ला इञ्चार्ज लक्ष्मी गौतम र नेकपा केन्द्रीय सदस्य मुरारी सुवेदीले प्रशिक्षण दिएका थिए ।
गौतमले अनेमसंघको इतिहास, महिला आन्दोलन, संगठनको संरचना र विस्तारबारे प्रशिक्षण दिएकी थिइन् भने सुवेदीले नेकपाका कार्यकर्ताहरुलाई आर्थिक विकासको पाटोमा जोड दिएका थिए । यसैगरी, प्रशिक्षण कार्यक्रममा नेकपा केन्द्रीय सदस्य मोतिराज सुनुवारले पनि प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।
नेतृ गौतमले संघको धरान उपमहानगर कमिटीलाई बैठक बसेर वडा इञ्चार्ज, सहइञ्चार्ज तोक्ने निर्देशन पनि दिएकी सचिव सविता राईले जानकारी दिइन् । यसैगरी, वडा कमिटी गठन गर्ने, सदस्य वितरण र नवीकरण गर्ने निर्देशन पनि गौतमले दिएको सचिव राईले बताइन् ।

प्रकाशित मिति: माघ ११ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend