Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘ओ माई लर्ड’ सार्वजनिक (भिडिओ)

हाम्रो कोशी आवाज
माघ १२ २०७७, सोमबार
‘ओ माई लर्ड’ सार्वजनिक (भिडिओ)

धरानः नवगायक आकाश मगरले आफ्नो डेब्यु गीत ‘ओ माई लर्ड’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। यस गीतमा उनलाई गायिका एलिना चौहानले स्वरमा साथ दिएकी छिन्।
अस्ट्रेलियामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक आकाश मगरले नै यस गीतलाई संगीतवद्द गरेका हुन्। प्रेमिल शैलीको यस गीतलाई गायक मगर र दिपक पाठकले मिलेर लेखेका हुन्। गीतमा लिल रक लुकको संगीत संयोजन रहेको छ।
युवा युवती बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र जिवेश सिंह गुरुङ फिचर्ड छन्। रुपेश थापाले छायांकन गरेको यस भिडियोलाई सियोन श्रेष्ठले कोरियोग्राफी गरेका हुन्। बिजेश पौडेलले भिडियोलाई सम्पादन गरेका हुन्। जिवेश सिंह गुरुङको परिकल्पना र निर्देशनमा भिडियो तयार पारिएको हो। कलेजेज नेपालको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

https://youtu.be/iKBMhh3E-40

प्रकाशित मिति: माघ १२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend