Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको भानुचोकमा प्रहरीले पर्चा बाँड्यो

हाम्रो कोशी आवाज
माघ २५ २०७७, आइतबार
धरानको भानुचोकमा प्रहरीले पर्चा बाँड्यो

धरानः तपाईं सार्वजनिक यातायातमा यात्रा गर्नुहुन्छ ? विभिन्न प्रकारको यौन दुव्र्यवहार भइरहेको छ, यस्तै, सार्वजनिकस्थलमा पनि महिलालाई जिस्क्याउनेलगायत अन्य यौन दुव्र्यवहार भइरहेका छन्, अब चिन्ता लिनुपर्दैन, हिंसा गर्ने व्यक्ति तत्काल कारबाहीको भागीदार हुनेछन् ।
धरान प्रहरीले सार्वजनिकस्थल तथा सार्वजनिक सवारी साधनहरुमा हुने यौनजन्य दुव्र्यवहारविरुद्धको विशेष अभियान चलाएको छ ।
उसले सार्वजनिक सवारी तथा सार्वजनिकस्थलमा यौन दुव्र्यवहार नहोस् भनेर सचेत गराउँदै पर्चा समेत बाँडेको छ । भानुचौकमा इलाका प्रहरी कार्यालयको आयोजनामा सार्वजनिकस्थल तथा सार्वजनिक यातायातका सवारी साधनहरुमा हुने यौनजन्य दुव्र्यवहारविरुद्धको विशेष अभियान चलाएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । कार्यक्रममा हाल सार्वजनिकस्थल तथा सार्वजनिक यातायातका सवारी साधनहरुमा हुने यौनजन्य दुव्र्यवहार र त्यस्तो दुव्र्यवहारबाट झेल्नुपरेको समस्या, समस्या समाधानमा नागरिक र प्रहरीले अपनाउनुपर्ने सुरक्षा अवस्था र कानूनी कारवाही समेतको बारेमा प्रष्ट्याइएको थियो ।

सार्वजनिक स्थल तथा यातायातमा हुने भीडभाडको फाइदा उठाएर महिलाहरुलाई जिस्काउने, असहज महसुस हुने खालका गतिविधि गर्ने, यौन दुव्र्यवहारका घटना नियन्त्रण गर्न प्रहरीले यस्तो अभियान चलाएर राम्रो काम गरेको महिला सञ्जाल धरानकी नगर अध्यक्ष चेतना श्रेङले बताइन् । ‘प्रहरीले नै यस्तो कार्यक्रम चलाउँदा सार्वजनिकस्थलमा महिलामाथि हुने हिंसाका घटनामा कमी आउन सक्छ’, उनले भनिन् ।
महिलाहरु जिस्काउने खालका गतिविधि गर्नेलाई सम्झाउने, अभिभावकको जिम्मा लगाउने र गम्भीर खालका दुव्र्यवहार गर्नेलाई, यौनहिंसा गर्नेलाई कानुनी दायरामा ल्याइने डिएसपी बस्नेतले बताए । ‘दुव्र्यवहारका घटनामा अब तत्काल एक्सन लिइनेछ’, उनले भने । ‘महिलाहरुलाई सुरक्षित महसुस गराउने उद्देश्य प्रहरीको हो’, उनले भने, ‘यसका लागि पहिलो अभियानअन्तर्गत सचेतना कार्यक्रम गरिएको हो ।’ कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर राई, इलाका प्रहरी कार्यालय धरानका कार्यालय प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत, पारालिगलका जिल्ला उपाध्यक्ष मिना पुलामी मगर, महिला सञ्जाल धरानका अध्यक्ष चेतना श्रेङलगायतको उपस्थिति थियो । धरान उपमहानगरपालिकाका मेयर तिलक राईको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
तस्वीरः इप्रका, धरान

प्रकाशित मिति: माघ २५ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend