Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा अज्ञात व्यक्तिद्वारा युवामाथि छुरा प्रहार

हाम्रो कोशी आवाज
माघ २५ २०७७, आइतबार
धरानमा अज्ञात व्यक्तिद्वारा युवामाथि छुरा प्रहार

धरानः धरानमा अज्ञात युवा युवामाथि छुरा प्रहार गरेर फरार भएका छन् ।
धरान-१५ स्थित सदन रोडमा करिब साढे ८ बजेतिर यस्तो घटना भएको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा धरान-१५ का २० वर्षीय कैलाश मरिक घाइते बनेको जानकारी दिए । ‘खै नचिनेको एक व्यक्ति आएर पछाडि ढाडमा छुरा प्रहार गरेको भन्ने ती युवाले खुलाएका छन्,’ उनले भने, ‘फरार रहेका ती व्यक्तिको खोजी तीब्र बनाइएको छ ।’
छुरा प्रहारबाट घाइते बनेका युवा धरान उपमहानगरपालिकामा कार्यरत सफाइ कर्मचारी भएको खुलेको उनले जानकारी दिए । मरिकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनको ढाडमा छुरा प्रहार भएको प्रहरीले जनाएको छ । विवादको क्रममा मरिकमाथि एक्कासी छुरा प्रहार भएको स्थानीयले जानकारी दिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: माघ २५ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend