Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

फुटपाथ पसल हटाउँदै धरान उपमहानगर

हाम्रो कोशी आवाज
माघ २६ २०७७, सोमबार
फुटपाथ पसल हटाउँदै धरान उपमहानगर

धरानः धरान उपमहानगरपालिकाले सडकपेटीका फुटपाथ हटाउन थालेको छ ।
धरानका लगायतका भित्री वस्तीलाई व्यवस्थित बनाउन त्यस क्षेत्रमा फुटपाथ पसल हटाउने अभियान थालिएको शुरु गरेको नगर प्रहरीका प्रमुख बिष्णु कोइरालाले जानकारी दिए । इलाका प्रशासन कार्यालय धरानका प्रतिनिधि, इलाका प्रहरी कार्यालय, धरान उपमहानगर बजार अनुगमन समिति, नगर प्रहरी, स्थानीय टोल विकास समितिको सक्रियतामा फुटपाथ हटाउन अभियान थालिएको उनले जानकारी दिए ।
वस्ती वरपरका स्थानमा पछिल्लो समयमा बढ्दै गएको फुटपाथ पसलले सवारी आवागमनका साथै पैदलयात्रुलाई समस्या परेपछि उपमहानगरपालिकाले यो अभियान थालेको हो ।
सार्वजनिक बाटो ओगटेर राखिएका यस्ता पसलले भीडभाड बढ्न गई वस्तीको सौन्दर्यता कमी आउने, विभिन्न रोगका सङ्क्रमणको जोखिम थपिने र व्यापारिक कारोबारमा कर चुहावट हुने भएकाले अभियान शुरु गरिएको बताइएको छ । सोमबार एकैदिन धरान–९ गौतमपथ, नरेन्द्रपथ, भानुचोकआसपासका केही फुटपाथ पसल हटाइएको उनले जानकारी दिए ।
बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाका अनुसार बजार क्षेत्रमा सडकलाई नै अवरोध हुने गरी टिनको छाना लगाउने, त्रिपाल लगाउने र सडक छेऊछाउ पनि पसल राख्ने गरिएकोले यस्तो अभियान चलाएको बताए । शुरुमा व्यवसायीलाई सम्झाउने, व्यवसाय कहाँसम्म राख्ने भनेर चिह्न लगाइने र ७ दिनपछि बन्द गर्ने गरेको बताए । ‘धरान–९ गौतमपथलाई मात्रै हेर्ने हो भने दिनहुँ सडकजामदेखि अन्य समस्या पनि थियो’, उनले भने, ‘यस्तै फुटपाथ पसलकै कारण पनि समस्या भएको हो, त्यसैले यस्तो पसल हटाउने अभियान चलाएका हौं ।’ उनले त्यहाँ अत्याधिक भीडभाड हुने हुनाले मोटरसाइकलबाहेकका अन्य सवारीलाई प्रवेशमा निषेध गरिने बताए ।
फुटपाथमा रहेका व्यवसायीले भने उपमहानगरपालिकाले गरिखाने बाटो नै टुङ्ग्याइदिएको गुनासो गरेका छन् ।

प्रकाशित मिति: माघ २६ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend