Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा रोकिएन लोडअनलोड

हाम्रो कोशी आवाज
फाल्गुन ९ २०७७, आइतबार
धरानमा रोकिएन लोडअनलोड

धरानः कोशी लोकमार्गअन्र्तगत धरानको मुख्य सडकलाई पूर्ण पार्किङ निषेधित क्षेत्र मात्रै मानिएको छ तर पनि अझै सामान लोड अनलोड गर्नेको कमी छैन ।
धरानको छाताचोक, मुख्य सडकमै सवारी रोकेर लोड अनलोड भइरहेको छ । धरानको बसपार्कबाट छुटेका बसहरुलाई दक्षिणमा राम मन्दिर उत्तरमा पुरानो अस्पताल, छाताचोकबीचमा रोक्न निषेध गर्ने निर्णय भएपनि त्यो निर्णय पनि पूर्ण कार्यान्वयनमा आइसकेको छैन ।
पूर्वकै पर्यटकीय नगर धरान पछिल्लो समय अव्यवस्थित पार्किङले कुरुप बन्दै गएको छ । यसले धरान शहरको सुन्दरता बिग्रनुका साथै दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ । धरान–भोटेपुल, भानुचौक–छाताचोक सडक खण्डमा सवारीहरु चापले दौडिन्छन् तर त्यहाँ नै ट्याक्टर, ट्रकको अनलोड कायमै छ, यस्तै, टेम्पो, सिटी सफारीले पनि लोडअनलोड गरिरहेको पाइएको छ । आइतबार छाताचोक छेउ यस्तो दृश्य देखियो । छाताचोक छेऊमा घण्टौं लगाएर सामान लोड अनलोड गरियो तर पनि सम्बन्धित निकायले ध्यान दिन सकेको छैन । यस्तै, सार्वजनिक बस पनि जहाँ पायो त्यहीँ रोकिने प्रवृत्ति रोकिएको छैन ।


यस्तै, भानुचोक–छाताचोक सडकमा पनि सवारीको चापले थेगिनसक्नु छ । धरानका मुख्य सडक पूर्णपार्किङ निषेधित क्षेत्र बनाउने निर्णय कार्यान्वयन हुन नसक्दा अहिले यता न उता हुँदै आएको छ । धरानको छाताचोकदेखि भानुचोक, भानुचोकदेखि भोटेपुलसम्म निकै भीडभाड हुने क्षेत्र हो । अहिले सो सडक खण्डमा लोडअनलोड गर्ने समय तालिका छैन ।
ट्राफिक नियमअनुसार सडकमा कुनै पनि सवारी साधन पार्किङ गर्न पाइँदैन । नगर क्षेत्रका सडकमा जथाभावी पार्किङ गर्दा विकसित मुलुकहरुमा नगरपालिकाले क्रेनले उठाएर लैजान्छ । यहाँ जतिबेला मन लाग्यो त्यतिबेला लोड, अनलोड हुन्छ ।
सडक साँघुरिएपछि धरानको व्यस्त बजारमा दिनहुँ सडक जाम हुने गरेको छ । सवारी साधनको पार्किङ व्यवस्थित गर्न हुन नसक्दा जनताले हैरानी व्यहोरिरहेका छन् । जथाभावी पार्किङ हुँदा सवारी आगमनमा समेत अवरोध हुने गरेको छ । अव्यवस्थित पाकिर्ङले सर्वसाधारणको आवागमनमा समेत कठिनाइ हुने गरेको छ ।
भीडभाड हुने धरानको भानुचोक र आसपास क्षेत्रको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित गर्ने तथा आवागमनलाई सहज बनाउने उद्देश्यले धरान उपमहानगरपालिकाले निर्णय नै गरेर अघि बढेको थियो तर त्यो निर्णय निर्णयमै सीमित बन्न पुगेको छ । बस स्टेण्डबाट छुटेका बसहरु दक्षिणमा राममन्दिरभन्दा मास्तिर रोक्न नदिइने निर्णय भएको छ भने पहाडी क्षेत्रतर्फ जाने बसहरु छाताचोकस्थित पुरानो हस्पिटलभन्दा दक्षिणमा रोक्न नदिइने समेत निर्णय गरिएको थियो ।

प्रकाशित मिति: फाल्गुन ९ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend