Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पूर्वेली सुनुवारको ‘मेरो नजिक आइदेउ मायालु’ सार्वजनिक

हाम्रो कोशी आवाज
फाल्गुन ११ २०७७, मंगलबार
पूर्वेली सुनुवारको ‘मेरो नजिक आइदेउ मायालु’ सार्वजनिक

धरानः गायिका सम्झना सुनुवारको गीत सार्वजनिकक गरिएको छ ।
पूर्वी पहाडी जिल्ला ओखलढुंगा क्षेत्रमा जन्म भई काठमाडौंमा बस्दै र गीतको साधना गर्दै आएकी प्रतिभाशाली उदयीमान गायिका सम्झना सुनुवारको आवाजमा ‘मेरो नजिक आइदेऊ मायालु’ भन्ने बोलको भिडियो गीत हालै युटयुब च्यानलमा रिलिज भएको छ ।
गीतको शव्द वरिष्ठ चित्रकार, कला समीक्षक तीर्थ निरौलाको रहेको छ । म्युजिक टिका मगरको रहेको छ । रोशन वान्तवाको मिक्सिङ रहेको र स्टुडियो सुटिङ भएको यो गीतको छायाङ्कन, प्रमोद प्रसाईले गरेका हुन् ।
सानैदेखि गीत र संगीतमा रुची भएकी सम्झना स्कुले जीवनदेखि नै गीत गाउँथिन् । सम्झना भन्छिन्, ‘उनले मिठो आवाजमा गीत गाएको सुनेर उनका गुरुहरु र सहपाटीहरुले गीत गाउन हौसाएका हुन् ।’ अचेल श्रीमानले पनि गीत गाउन र गीत रेकर्ड गर्न प्रोत्साहन र अवसर दिइरहेको उनी बताउँछिन् । उनको धोको भविष्यमा गीत–संगीतको क्षेत्रमा योगदान पुरयाउने रहेको छ ।

प्रकाशित मिति: फाल्गुन ११ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend