Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१३ मा घरको कोठामा लागूऔषध फेला

हाम्रो कोशी आवाज
फाल्गुन २० २०७७, बिहिबार
धरान-१३ मा घरको कोठामा लागूऔषध फेला

धरानः धरान–१३ बाट एकजना लागूऔषधसहित पक्राउ परेका छन् ।
भृकुटी पथ बस्ने ३३ वर्षीय चेतबहादुर मगरलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुधबार दिनको ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मगरको आफ्नै घर कोठामा लुकाइछिपाइ राखेको डाइजेल्याब–१० एम्पुल, फेनारगन–२३ एम्पुल, एभिल–१३ एम्पुल र लुपिजेसिक–११ ऐम्पुलसहित पक्राउ गरिएको छ । पक्राउ परेका मगर उपर थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब उपरीक्षक विपीन रेग्मीले जानकारी दिए ।
मोटरसाइकल चालक सोही स्थान बस्ने ३१ वर्षीय देवकुमार चौधरी प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन २० २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend