धरानः झापाका उदयमान युवा गायक आयुष खतिवडा अहिले १४ वर्षका भए । उनले गायनमा खप्पिस छन् । मीठो स्वरका धनी उनी झापामै पढ्छन् । रक र पप गायन साथमा वाद्यवादन रुचि राख्ने १४ वर्षीय गायक खतिवडा झापामा-९ कक्षामा अध्यनरत छन् ।
उनले ट्रिनिटी कलेज अफ लन्डनबाट गितार र किवोर्डमा राम्रो अंकका साथ पास गरेका छन् । पहिलो गीत ‘आजै हो’ ल्याएका उनले म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन् ।
त्यस्तै, उनले हालसालै आफ्नो दोस्रो अफिसिएल म्युजिक ‘निर्दोष माया’ सार्वजनिक गरेका छन् ।
किशोरावस्थाको प्रेम र आकर्षणलाई वर्णन गरिएको गीतमा शब्द गायक खतिवडाका बुबा विकल खतिवडाले लेखका हुन् । गीतमा स्वयम् गायक खतिवडाको संगीत र संगीत संयोजन रहेको छ ।
म्युजिक भिडियोमा गायक आयुष खतिवडा र प्रतिभा कटुवाल फिचर्ड छन् । ज्याज प्रोडक्सनले निर्माण गरेको यस भिडियोमा श्रीजन प्रजापतिको छायांकन रहेको छ ।
भिडियोमा अनिल न्यौपाने क्रियटिभ सुपरभाइजर रहेका छन् । पुनम शाक्य निर्मात्री रहेको यस भिडियोलाई अमन महर्जनको सम्पादन र निर्देशनमा तयार पारिएको हो । गायक खतिवडाको आधिकारिक च्यानल ‘आयुष खतिवडा’ मार्फत भिडियो सार्वजनिक भएको हो ।
https://youtu.be/Nu4_B9odmlc